Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ : अर्थमन्त्री वाग्ले
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आगामी वर्षहरूमा पनि सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उहाँको भनाइ छ । सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन र अपरिवर्तनीय सुधारका रूपमा स्थापित गर्न सकिने उहाँको विश्वास छ । वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गर्नुभयो । अत्यन्त न्यून आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्ने तथा योगदान गर्न सक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो । यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख रहेको बताउँदै उहाँले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको नीतिअनुसार सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै जाने जानकारी दिनुभयो । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने उहाँले बताउनुभयो । विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यमको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव परेको देखाएको उहाँको भनाइ थियो । ‘योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनपछि विभिन्न मुलुकमा यसको प्रभाव मूल्याङ्कन गरिएको छ । त्यस्ता मूल्याङ्कनहरूले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा उत्पादकत्वमा समेत वृद्धि हुने गरेको देखाएका छन् । विशेषगरी साना तथा मझौला उद्यममा पनि यसको सकारात्मक प्रभाव परेको पाइएको छ,’ उहाँले भन्नुभयो । सामाजिक सुरक्षामा गरिने खर्चलाई आर्थिक उत्पादकत्वसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै वाग्लेले सामाजिक न्यायका क्षेत्रमा गरिने लगानी आफैँमा महत्वपूर्ण उद्देश्य भएको बताउनुभयो । सामाजिक सुरक्षाले समृद्धिको सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो । नयाँ पुस्तालाई समेत राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउन सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले पूर्ण प्रतिबद्धताका साथ कोषको दायरा विस्तार गरिरहेको उहाँको भनाइ थियो । यसैगरी, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने विषयमा पनि सरकारले काम गरिरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारबारे छलफल भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा पनि विभिन्न विकल्पमाथि छलफल भइरहेको उहाँको भनाइ छ । स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको उल्लेख गर्दै उहाँले आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
Latest NewsJust now

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

धनुषामा आयोजित छलफलमा मन्त्री प्रतिभा रावलले आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी पूरा गरी नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन निर्देशन दिएकी हुन् । ...

कान्तिपुर
रुखमा ठोक्किएर गाडीमा आगलागी
Latest NewsJust now

रुखमा ठोक्किएर गाडीमा आगलागी

इलाका प्रहरी चन्द्रनिगाहपुरका अनुसार बागमती प्रदेश ०३–००१ ज १३९३ नम्बरको विद्युतीय गाडी बिहीबार राति चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट नजिकैको चार्जिङ स्टेसनमा चार्ज गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो । ...

कान्तिपुर
श्रीस्थानको ज्वालाबाट बालिएको टर्चसहित ट्रफी टुर
Latest NewsJust now

श्रीस्थानको ज्वालाबाट बालिएको टर्चसहित ट्रफी टुर

यामराज बिष्टदैलेख, मङ्सिर ११ गते । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसार तथा खेलकुदप्रति उत्साह जगाउने उद्देश्यले दैलेख धार्मिक तथा पर्यटकीयस्थल श्रीस्थानस्थित अखण्ड ज्... ...

गोरखापत्र
दशौं खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा
Latest NewsJust now

दशौं खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा

सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने खेलमा आर्मीले सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले र एपीएफले मधेस प्रदेशलाई ८० रनले पराजित गरे । तीन समूहबाट समूह विजेता र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ । तीनै ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement