Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने ९ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने ९ जना पक्राउ
Photo / Coverage: पर्दाफास

सामाजिक सञ्जालको दुरूपयोग गरी नाबालिक तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल स्वाभिमान’ (महिला तथा बालबालिकाको सम्मान) अन्तर्गत उनीहरूलाई पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ का भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री र म्याग्दी मंगला गाउँपालिका–५ का ५६ वर्षीय दिलबहादुर मगर छन्। त्यस्तै, उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की, काठमाडौं महानगरपालिका–१० मा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा १६ र १५ वर्षीय दुई बालक पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार आशिषले फेसबुकमा नक्कली खाता बनाई नाबालिकाका अश्लील तस्बिर तथा भिडिओ उनका आफन्त र साथीहरूलाई पठाएर चरित्र हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रोहितले इमोमार्फत युवतीलाई अश्लील तथा अपमानजनक अभिव्यक्ति दिई दुर्व्यवहार गरेको र महमद फेसलले प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ। त्यस्तै, विमलले नक्कली टिकटक खातामार्फत पीडितका गोप्य तस्बिर तथा भिडिओ प्रसारण गरेको र दिलबहादुरले फेसबुकमार्फत अश्लील गालीगलौज गरेको प्रहरीले जनाएको छ। सुवासले फेसबुकमा नक्कली खाता बनाई पीडितलाई अश्लील तस्बिर तथा भिडिओ पठाएर ब्ल्याकमेल गरेको र चिरञ्जीवीले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरेको आरोप छ। पक्राउ परेका दुई बालकले भने पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील तस्बिर तथा भिडिओ बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साइबर ब्युरोबाट खटिएको टोलीले आशिषलाई टोखा, रोहितलाई सातदोबाटो, महमद फेसललाई न्युरोड र विमललाई सिनामंगलबाट बुधबार पक्राउ गरेको हो। चिरञ्जीवीलाई बिहीबार बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, दिलबहादुरलाई म्याग्दी, सुवासलाई उदयपुर र दुई बालकलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो। उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
किन रित्तिँदै छन् गाउँका सामुदायिक विद्यालय ?
OthersJust now

किन रित्तिँदै छन् गाउँका सामुदायिक विद्यालय ?

ग्रामीण घरपरिवारको बदलिँदो अर्थतन्त्र, अवसरको असमान भौगोलिक वितरण तथा औपचारिक शिक्षा र स्थानीय उत्पादन–ज्ञान प्रणालीबीचको टुट्दो सम्बन्धले सामुदायिक विद्यालयको सामाजिक आधार बदल्दै छ । ...

अनलाइन खबर
काशवीलाई फरारी भन्दै लभलाई सस्तो गाडीसँग दाँजेपछि ट्रोल भए स्काउट
OthersJust now

काशवीलाई फरारी भन्दै लभलाई सस्तो गाडीसँग दाँजेपछि ट्रोल भए स्काउट

‘बिग बोस २०’ का प्रतिस्पर्धी स्काउट ओपी र लभ गिलबीचको सम्बन्ध यसअघि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । त्यसपछि स्काउटले लभसँग दूरी बनाएका थिए । तर, बिहीबार प्रसारित एपिसोडमा स्काउटले अर्का प्रतिस्पर्धी गुल्लूसँग लभबारे केही यस्ता कुरा खुलाए, जुन यसअघि दर्शकले देखेका थिएनन् । लभसँगको सम्बन्धबारे निजी कुरा सार्वजनिक गरेपछि अहिले स्काउट सामाजिक सञ्जालमा… ...

अनलाइन खबर
ढोरपाटन उपत्यका पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्
OthersJust now

ढोरपाटन उपत्यका पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्

प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत पुर्‍याएको हो । ...

अनलाइन खबर
अध्यादेशको विरोध गर्दै नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग
OthersJust now

अध्यादेशको विरोध गर्दै नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग

विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिन माग समेत उनीहरुले गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement