Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि चेन्नाईमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
साबा महिला बास्केटबल डिसेम्बर ६ देखि चेन्नाईमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिप आगामी डिसेम्बर ६ देखि १० तारिखसम्म भारतको चेन्नाईमा आयोजना हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन ‘बी’ साबा क्वालिफायर्सअन्तर्गत दक्षिण एसियाली टोलीबीच हुने प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरू इन्डोर स्टेडियममा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको समाप्तिपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको उद्घाटन दिन अर्थात् डिसेम्बर ६ मा आयोजक भारतसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ । नेपालले डिसेम्बर ७ मा माल्दिभ्स र डिसेम्बर ८ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तालिका छ । साबा च्याम्पियनसिपको विजेता टोलीले फिफा महिला एसिया कपमा सिधै स्थान बनाउनेछ । उपविजेता टोलीको छनोट प्रक्रियाबारे भने अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) ले अन्तिम निर्णय गर्न बाँकी रहेको राष्ट्रिय महिला बास्केटबल टोलीका मुख्य प्रशिक्षक विकास शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि नेपाली महिला बास्केटबल टोली हाल प्रशिक्षणमा छ । नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङका अनुसार प्रतियोगिताका लागि छिट्टै १२ सदस्यीय अन्तिम टोली घोषणा गरिनेछ । साबा बास्केटबलमा सहभागी हुने राष्ट्रिय टोलीका खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने प्रतिस्पर्धा नगर्ने भएका छन् । राष्ट्रिय खेलकुद मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुँदैछ । महिला बास्केटबलको प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि नै सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदमा सहभागी भएलगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भारत जानुपर्ने हुँदा खेलाडीको यात्रा, शारीरिक अवस्था र तयारीमा असर पर्न सक्ने भएकाले साबा प्रतियोगितालाई प्राथमिकता दिँदै राष्ट्रिय खेलकुदमा सहभागी नगराउने निर्णय गरिएको प्रशिक्षक शाहीले जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play