Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपालीसहितका आप्रवासी श्रमिकले अझै शोषण र दुर्व्यवहार भोग्नुपरेको पाइएको छ । श्रमिक आपूर्ति गर्ने तेस्रो पक्षका कम्पनीमार्फत काममा लगाइएका उनीहरूलाई अमेजनले चाहेका बेला कामबाट हटाउन सक्ने र त्यसपछि महिनौंसम्म पारिश्रमिकविहीन बनाउने गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टीले सोमबार सार्वजनिक गरेको ‘साउदी अरबमा अमेजन : आप्रवासी श्रमिक किन अझै शोषणको जोखिममा छन्’ शीर्षकको प्रतिवेदनमा नेपाली र भारतीय श्रमिकले भोगिरहेका समस्या उजागर गरिएको छ । सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरिएको अनुसन्धानका क्रममा रियादस्थित अमेजनको एउटा गोदाममा काम गर्ने वा हालै काम छाडेका नेपाल र भारतका २४ श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो । प्रतिवेदनअनुसार अमेजनले श्रमिकको भर्ना शुल्कमा हुने अनियमितता घटाउने, आवासको अवस्था सुधार्ने र गुनासो सुनुवाइको व्यवस्था गर्ने प्रयास गरे पनि श्रमिकको रोजगारी र आवागमनमाथि श्रमिक आपूर्ति कम्पनीको नियन्त्रण कायमै छ । सन् २०२३ मा एम्नेस्टीले यस विषयमा अनुसन्धान सार्वजनिक गरेपछि अमेजनले साउदी अरबमा कार्यरत १ हजार १ सय ८० श्रमिकलाई २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो । तर तेस्रो पक्षका कम्पनीमार्फत श्रमिक भर्ना गर्ने अमेजनको प्रणालीले उनीहरूलाई रोजगारी, पारिश्रमिक र कानुनी हैसियतका लागि श्रमिक आपूर्ति कम्पनीमै निर्भर बनाएको प्रतिवेदनमा उल्लेख छ । नेपालका प्रकाशले अमेजनले चाहेका बेला आफूहरूलाई कामबाट हटाउन सक्ने भन्दै असुरक्षा व्यक्त गरेका छन् । ‘अमेजनले चाहेका बेला हामीलाई कामबाट निकाल्न सक्छ । आज वा भोलि कहिले कामबाट निकाल्ने हो भन्ने टुंगो हुँदैन । हामी अस्थायी श्रमिक हौं,’ उनले भनेका छन् । अन्तर्वार्ता दिएकामध्ये झन्डै सबै श्रमिकले अमेजनले जुनसुकै बेला गोदामको कामबाट हटाउन सक्ने बताएका छन् । कामबाट हटाइए पनि उनीहरूलाई भिसा प्रायोजन गर्ने श्रमिक आपूर्ति कम्पनीसँगै आबद्ध रहनुपर्ने हुन्छ । त्यसपछि अर्को काम नपाएसम्म हप्तौं वा महिनौंसम्म पारिश्रमिक नपाउने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । अमेजनबाट काम गुमाएपछि श्रमिक आपूर्ति कम्पनीले तीन महिनासम्म पारिश्रमिक नदिएको भारतका अयानको भनाइ छ । भारत फर्कने प्रतीक्षामा रहेका बेला आर्थिक अभावका कारण सहकर्मीको सहयोगमा खाना खानुपरेको उनले जनाए । भारतका रविलाई नजिकका आफन्तको मृत्यु भएपछि बिदामा बसेका बेला अमेजनले कामबाट हटाएको थियो । श्रमिक आपूर्ति कम्पनीले बिदा स्वीकृत गरे पनि उनलाई पुनः काममा लगाउने व्यवस्था नगरेको उनको भनाइ छ । घर फर्कनका लागि बहिर्गमन भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागिएको उनको गुनासो छ । एम्नेस्टीका अनुसार कतिपय श्रमिक आपूर्ति कम्पनीले काम गुमाएका श्रमिकलाई अर्को रोजगारदाताकहाँ पठाउनुको सट्टा कम पारिश्रमिकको काम गर्न दबाब दिने गरेका छन् । कतिपयलाई घर फर्कनसमेत अवरोध हुने गरेको छ । यसले अमेजनमा काम गरिरहेका अन्य श्रमिकलाई पनि जुनसुकै बेला रोजगारी गुम्ने त्रासमा राखेको छ । अमेजनले केही सुधार गरे पनि श्रमिकको भर्ना र रोजगारीको जिम्मा बाह्य कम्पनीलाई दिइरहँदा उनीहरू शोषणको जोखिममा रहेको एम्नेस्टी इन्टरनेसनलकी कार्यक्रम निर्देशक मार्टा साफको भनाइ छ । अमेजनलाई श्रमिकको आवश्यकता नपरेपछि उनीहरू काम र पारिश्रमिक दुवैबाट वञ्चित हुने गरेका छन् । तर श्रमिक आपूर्ति कम्पनीसँगको सम्बन्धका कारण न घर फर्कन सक्छन्, न अर्को रोजगारीमा जान । अमेजनका गोदाममा काम गर्ने श्रमिकले उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब खेप्नुपरेको पनि प्रतिवेदनले औंल्याएको छ । कामको निरन्तर निगरानी हुने र लक्ष्य पूरा गर्न नसके व्यवस्थापकले कामबाट निकाल्ने धम्की दिने गरेको श्रमिकहरूको भनाइ छ । लक्ष्य पूरा गर्न नसक्दा व्यवस्थापकले चर्को स्वरमा गाली गर्ने र कामबाट हटाउने धम्की दिने गरेको एक वर्षभन्दा बढी समयदेखि सामान संकलन गर्ने काम गर्दै आएका दीपकले बताएका छन् । श्रमिकहरूले अमेजनको ‘माइभ्वाइस’ गुनासो सुनुवाइ प्रणाली प्रयोग गर्न सक्ने भए पनि श्रमिक आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले कतिपयले उजुरी गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । अमेजनको गोदामबाट बाहिरिएपछि उक्त प्रणालीमा पहुँचसमेत गुम्ने भएकाले रोजगारदाता कम्पनीसँग सम्बन्धित समस्याबारे गुनासो गर्न थप कठिन हुने गरेको छ । यता अमेजनले भने श्रमिक आपूर्ति कम्पनीमाथिको अनुगमन बढाएको र काम सकिएपछि बाँकी पारिश्रमिक तथा सुविधा भुक्तानी गर्न निर्देशन दिइएको जनाएको छ । अर्को रोजगारदाताकहाँ काममा पठाउन नसके श्रमिकलाई स्वदेश फर्काउने खर्चसमेत श्रमिक आपूर्ति कम्पनीले बेहोर्नुपर्ने अमेजनको भनाइ छ । कफला प्रणालीअन्तर्गत रोजगारदाताको प्रायोजनमा आप्रवासी श्रमिकको बसोबास तथा रोजगारीको कानुनी हैसियत जोडिने भएकाले उनीहरू रोजगारदाता परिवर्तन र देश छाड्ने प्रक्रियामा समेत निर्भर रहनुपर्ने अवस्था छ । साउदी अरबले कफला प्रणालीमा सुधार गरे पनि व्यवहारमा श्रमिकमाथिको नियन्त्रण कायमै रहेको एम्नेस्टीको निष्कर्ष छ । तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमाथिको निर्भरता हटाएर श्रमिकलाई प्रत्यक्ष रोजगारी दिन एम्नेस्टीले अमेजनलाई सुझाएको छ । अनुसन्धानका निष्कर्ष अमेजन र साउदी सरकारलाई पठाइएको एम्नेस्टीले जनाएको छ । अमेजनले आफ्नो जवाफ दिएको भए पनि प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले प्रतिक्रिया नदिएको संस्थाको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे
Latest NewsJust now

आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे

काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डेले... ...

रातोपाटी
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
Latest NewsJust now

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी... ...

रातोपाटी
'ब्रेक्जिट असफल भएको भन्दै बेलायतले थाल्यो युरोपेली सङ्घसँग सम्बन्ध सुधार्ने पहल'
Latest NewsJust now

'ब्रेक्जिट असफल भएको भन्दै बेलायतले थाल्यो युरोपेली सङ्घसँग सम्बन्ध सुधार्ने पहल'

लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपेली सङ्घ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) निर्णयले बेलायतलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याएको भन्दै इयुसँगको सम्बन्धलाई पुनः सुमधुर बनाउनुपर्ने बताएका छन् । सोमबार लन्डनको गिल्डहलमा आयोजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play