Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सहुलियत ऋण लिएर नतिर्ने सयौं महिला उद्यमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सहुलियत ऋण लिएर नतिर्ने सयौं महिला उद्यमी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बिनाधितो सहुलियत कर्जा लिएर नतिर्ने प्रवृत्ति मौलाउँदै गएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सहुलियतपूर्ण योजनाअन्तर्गत बिनाधितो ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने सयौं महिला उद्यमीको नाम सार्वजनिक गर्दै कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै{ ३५ दिनभित्र सम्पूर्ण कर्जा चुक्ता गर्न भनेको छ । अन्यथा ऋणी तथा जमानीकर्तालाई कालोसूचीमा राख्ने र राहदानी जफतसम्मको चेतावनी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण योजनाअन्तर्गत बिनाधितो ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने सयौं महिला उद्यमीको नाम सार्वजनिक गर्दै कालोसूचीमा राख्ने चेतावनी दिएको छ । कर्जा लिइसकेपछि सम्झौताका शर्तहरू पालना नगरी साँवा तथा ब्याज भुक्तानी नगरेको, सम्बन्धित बैंक शाखाहरूमा सम्पर्क नराखेको र पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दासमेत बेवास्ता गरेपछि सार्वजनिक सूचना जारी गर्नुपरेको बैंकले स्पष्ट पारेको छ । बैंकको कर्जा असुली विभागले प्रकाशित गरेको सूचनाअनुसार, ऋणी तथा व्यक्तिगत जमानीकर्ताले सूचना प्रकाशित भएको २०८३ कात्तिक २० गतेले ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर बुझाउनुपर्नेछ । तोकिएको म्यादभित्र कर्जा राफसाफ नगरे बैंकले हदैसम्मको कानुनी कारबाही हुने जनाएको छ । बैंकले कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी निर्देशनअनुसार ऋणी, प्रोप्राइटर तथा व्यक्तिगत जमानीकर्ताहरूको नाम कालोसूचीमा दर्ता गर्नेछ । त्यसैगरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ग) बमोजिम कारबाहीका लागि सिफारिस गरी ऋणी तथा जमानीकर्ताको राहदानी रोक्का र जफत गरिनुका साथै विदेश जान रोक लगाइनेछ । ऋणीहरूको नाममा रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खाता, चल–अचल सम्पत्ति रोक्का हुने साथै ऋणीहरूलाई राज्यबाट उपलब्ध हुने कुनै पनि सामाजिक, सार्वजनिक वा नागरिक सुविधाबाट वञ्चित गराउन सम्बन्धित निकायमा लेखी पठाउने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ बमोजिम ऋणी तथा जमानीकर्ताको नाममा रहेको निजी सम्पत्ति खोजतलास गरी लिलाम बिक्रीबाट बैंकको बाँकी बक्यौता असुलउपर गरिने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको सूचीमा धनकुटा, इटहरी, गाईघाट, उदयपुर, नुवाकोट, धादिङ, हेटौंडा, काठमाडौं (टेकु), सुर्खेत, घोराही, तुलसीपुर, डडेल्धुरा, धनगढीलगायतका शाखा कार्यालयबाट कर्जा लिने कम्पनीहरूको नाम उल्लेख छ । सहुलियतपूर्ण ब्याज र बिनाधितो पाइने भएकाले धेरैले कृषिफर्म, कपडा तथा सिलाइकटाइ पसल, ब्युटीपार्लर, खाजाघर, फलफूल तथा तरकारी व्यवसाय, बाख्रापालन, कुखुरापालन र डेरी उद्योगका नाममा कर्जा लिएर अन्यत्र खर्च गर्ने प्रवृत्ति देखिएको छ । उत्पादनमूलक क्षेत्रमा महिलाहरूको वित्तीय पहुँच वृद्धि गर्न तथा उद्यमशीलता विकासमार्फत् आयआर्जन बढाउने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेकोमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले ‘महिला उद्यमशीलता विकास कर्जा’ शीर्षकमा महिलाहरूलाई बिनाधितो सहुलियतपूर्ण कर्जा प्रवाह गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति त्रिवि शिक्षण अस्पतालमै पुगेर डा केसीसँग सहमति गरेका हुन्। डा. केसीको अनशन तोडिएपछि मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको दाबी ...

केन्द्रबिन्दु
डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन
Latest NewsJust now

डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री... ...

रातोपाटी
अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट
Latest NewsJust now

अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  हिजो पनि यी सबै मुदाको भाउ घटेको थियो।   आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play