Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद
Photo / Coverage: केन्द्रबिन्दु

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद्यालयको सहमतिबिनै जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालय परिवारले निर्णयप्रति आपत्ति जनाएको छ। वालिङ नगरपालिका–८ मा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम जग्गाको स्वामित्व सशस्त्र प्रहरी बल नं. ३० गुल्म हेडक्वार्टर स्याङ्जाको नाममा कायम गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। तत्कालीन माओवादी विद्रोहका क्रममा २०५८ मंसिर ५ गते स्याङ्जा र वालिङका प्रशासनिक तथा सुरक्षा निकायमाथि आक्रमण भएपछि २०६० सालमा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो। सुरुमा भकुन्डेस्थित सहकारी संस्थाको भवनमा राखिएको सशस्त्र प्रहरीलाई पछि पूर्णामृत भवानी माविको स्वामित्वमा रहेको घ्याङलिङस्थित जग्गामा अस्थायी बेसक्याम्प बनाएर राखिएको थियो। हाल पनि सशस्त्र प्रहरी गुल्म सोही जग्गामा अस्थायी संरचना निर्माण गरी बस्दै आएको छ। विद्यालयका प्रधानाध्यापक दीपक लम्सालका अनुसार उक्त जग्गा दाताबाट विद्यालयलाई प्राप्त भएको हो। विद्यालयले भविष्यमा मेडिकल, बायो–इन्जिनियरिङ, कृषि, वनविज्ञान तथा इन्जिनियरिङलगायत प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएकाले जग्गा शैक्षिक प्रयोजनका लागि आवश्यक रहेको उनले बताए। सशस्त्र प्रहरीलाई जग्गा आवश्यक भए उपयुक्त अर्को स्थानमा व्यवस्थापन गर्नुपर्ने प्रधानाध्यापक लम्सालको आग्रह छ। विद्यालयले आफ्नो चल–अचल सम्पत्ति शैक्षिक गतिविधिमा उपयोग गर्न पाउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का... ...

रातोपाटी
भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी
Latest NewsJust now

भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी

हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले पहल थालेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले मालबाहक सवारी साधनको रुट... ...

रातोपाटी
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

काठमाडाैँ । चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय... ...

रातोपाटी
एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य

• सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ, जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका छन्। • लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका छन्। • आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ, जबकि पराजित टोलीले दोस्रो क्वालिफायरमा खेल्न पाउनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play