एजेन्सी । बलिउड अभिनेता सलमान खानप्रति युवतीहरूको आकर्षण नयाँ होइन । ६० वर्षको उमेरमा आफ्नो लुक्स र व्यक्तित्वका कारण चर्चामा रहने सलमानप्रति बिग बोस-२० की प्रतियोगी अरिश्फा खानले पनि आफ्नो पुरानो क्रस भएको खुलासा गर्नुभएको छ । बिग बोसको यस साताको ‘वीकेन्डका वार’ एपिसोडमा २३ वर्षीया अरिश्फाले सलमानसँग रमाइलो कुराकानी गर्दै बाल्यकालदेखि नै आफू उहाँको प्रशंसक रहेको बताउनुभयो । उहाँले एक समय सलमानसँग विवाह गर्ने सपना देखेको खुलासा गर्नुभयो । सलमानसँगको कुराकानीका क्रममा अरिश्फाले हाँस्दै भन्नुभयो, ‘सर, तपाईं मेरो बाल्यकालदेखिको क्रस हुनुहुन्छ । म त तपाईंसँग विवाह गर्नकै लागि मुम्बई आएकी थिए ।’ आफ्नो कुरा राखेपछि उहाँ केही लजाउँदै सलमानसँग माफीसमेत माग्न पुग्नुभयो । उहाँले आफू सानै हुँदादेखि सलमानलाई मन पराउँदै आएको बताउँदै भन्नुभयो, ‘मलाई थाहा छ, यो निकै ठूलो कुरा हो । तर, म सानै हुँदादेखि तपाईं मेरो क्रस हुनुहुन्छ ।’ अरिश्फाको यस्तो क्युट स्वीकारोक्तिलाई सलमानले पनि रमाइलो मान्नुभयो । उहाँले अरिश्फालाई ‘एडोरेबल’ भन्दै प्रशंसा गर्न्नुभयो । कार्यक्रममा उनीहरूबीच देखिएको रमाइलो सम्बन्धले दर्शकको ध्यानसमेत खिचेको छ । यसै क्रममा अरिश्फाले सलमानसँग भविष्यमा चलचित्रमा सँगै काम गर्ने इच्छा व्यक्त गर्नुभयो । जवाफमा सलमानले भविष्यमा उहाँसँग अवश्य काम गर्ने आश्वासन दिनुभयो । सलमानको यस्तो प्रतिक्रियाले अरिश्फा निकै खुशी देखिनुभएको थियो । कार्यक्रममा सलमानले अर्का प्रतियोगी काजी तौकीरलाई पनि अवसर दिने संकेत गर्नुभएको थियो । उहाँले शोबाट बाहिरिएपछि चलचित्रमा गीत गाउने मौका दिने भन्दै काजीलाई प्रस्ताव गर्नुभएको थियो । बिग बोस-२० मा अरिश्फा सुरुदेखि सक्रिय रूपमा प्रस्तुत हुँदै आउनुभएको छ । उहाँको खेल्ने शैलीबाट सलमान पनि प्रभावित देखिनुभएको छ ।
सलमानसँग बिहेको सपना देखेकी अरिश्फाको खुलासा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






