Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाइ थाल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाइ थाल्ने
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनकाअनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् । चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाई छ । ‘१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेको छ । त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ’ उनले भने । समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्य तालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाइ गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, कात्तिक २१ गते शनिवार प्रस्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ । संसदीय सुनुवाइका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दशैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाइ सक्नेगरि समितिले कार्यतालिका तय गरेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १५ बमोजिम सचिवालयले प्रस्ताव गरेको कार्यतालिका समितिले परिमार्जनसहित पारित गरेको सभापति श्रेष्ठले जानकारी दिए । समितिको बैठक शुक्रवार बिहान ९ः३० बजेलाई बोलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने
OthersJust now

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताएका छन्। ...

अनलाइन खबर
तिहार, छठ लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन
OthersJust now

तिहार, छठ लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डु– नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार […] ...

काठमाण्डुपाटी
पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय
OthersJust now

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए । उनले राज्य… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play