Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा ११ कट्ठा जग्गाको अभिलेख किर्ते गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा ११ कट्ठा जग्गाको अभिलेख किर्ते गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा
Photo / Coverage: पर्दाफास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । त्यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारुलाई समेत प्रतिवादी बनाइएको छ । सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति वडा नम्बर २ ९ख० अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी तथा भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई यसअघि कुनै पनि समयमा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको हकभोगमा रहेको देखाएर सरकारी अभिलेख परिवर्तन गरिएको आयोगको दाबी छ । प्रतिवादीहरूको मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारुका नाममा दाखिल खारेज गरिएको, गलत लिखत तयार पारिएको तथा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्‍याइएको अभियोग पत्रमा उल्लेख छ । आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । तत्कालीन वडा सचिव रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको माग गरिएको छ । किशोरी धामी थारू र भोला धामी थारुलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाउँदै ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महाधिवेशनको मुखमा राप्रपाका तीन केन्द्रीय नेताले पार्टी छाडे
OthersJust now

महाधिवेशनको मुखमा राप्रपाका तीन केन्द्रीय नेताले पार्टी छाडे

सहायक महामन्त्री हरिकृष्ण अधिकारी, केन्द्रीय सदस्यद्वय मधुसुदन केसी र सरस्वती पन्थी भुसालले राप्रपा परित्याग गरेका हुन् । ...

अनलाइन खबर
माछापुच्छ्रे बैंकलाई भिसाको लगातार तेस्रो वर्ष अवार्ड
OthersJust now

माछापुच्छ्रे बैंकलाई भिसाको लगातार तेस्रो वर्ष अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस-एसोसिएट क्लायन्ट अवार्ड’ जितेको हो । पीओएसमार्फत हुने भुक्तानी कारोबारमा उत्कृष्ट काम गरेको भन्दै भिसाले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । यससँगै माछापुच्छ्रे बैंकले भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड पाएको छ । यसअघि बैंकले सन् २०२४ […] ...

लोकपथ
कांग्रेस बैठकमा केन्द्रीय सदस्यले भने– चित्त दुखाएकासँग संवाद थालौं
OthersJust now

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले भने– चित्त दुखाएकासँग संवाद थालौं

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य भट्टले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुन: फिर्ता ल्याउनुपर्ने बताए । ‘स्थानीय र प्रदेश चुनाव आउँदैछ । चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण… ...

अनलाइन खबर
कीर्तिमानी उचाइबाट एकतिहाइ खस्यो सुन, किन लगातार घट्दै छ भाउ ?
OthersJust now

कीर्तिमानी उचाइबाट एकतिहाइ खस्यो सुन, किन लगातार घट्दै छ भाउ ?

पछिल्लो एक वर्षको उतारचढावले बहुमूल्य धातुका लगानीकर्तालाई चक्कर लागेको अनुभूति भइरहेको छ भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement