Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
Photo / Coverage: केन्द्रबिन्दु

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने भएपछि किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बिक्री गरिरहेका छन् । गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताए । उनले प्रतिक्विन्टल रु दुई हजार ८०० का दरले ३०० क्विन्टल धान बिक्री गरेको जानकारी दिए । उनले भने, “हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा बिक्री गर्नुपरेको छ ।” उनीजस्तै बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि सस्तो मूल्यमा धान बिक्री गर्नुभएको छ । मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि शनिबार धान बिक्री गरेको उनले बताए । बर्दियामा अहिले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० मा बिक्री भइरहेको छ । बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारुले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० र मसिनो धान रु चार हजारका दरले खरिद गरिरहेको बताए । बर्दियामा धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ । गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु गरेको कम्पनीले यस वर्ष करिब दुई साता ढिलो प्रक्रिया अघि बढाउँदा किसानले आधाभन्दा बढी धान सस्तो मूल्यमा बिक्री गरिसकेको नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले बताए । किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले गत वर्षझैँ यस वर्ष पनि बर्दियाका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने अनुमति प्राप्त भएको बताए । जिल्लाको प्राथमिक खरिद समितिले बीचमा तिहार बिदा परेका कारण मङ्सिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना रहेको कठायतले बताए । उनका अनुसार २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ तोकिएको थियो । बर्दियामा ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play