Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारविरुद्ध विपक्षी दलको साझा मोर्चा बनाउने कांग्रेसको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारविरुद्ध विपक्षी दलको साझा मोर्चा बनाउने कांग्रेसको तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध अन्य विपक्षी दलहरूसँग मिलेर साझा मोर्चा बनाउने पहल गर्ने भएको छ। विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढेको भन्दै त्यसको प्रतिरोध गर्न कांग्रेसले विपक्षी दलहरूलाई एकजुट बनाउने तयारी गरेको हो। सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपक्षी दलहरूको साझा मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले सरकारका पछिल्ला कदमविरुद्ध साझा रणनीति तय गर्न कांग्रेसले सोमबार दिउँसो १ बजे अन्य विपक्षी दलहरूको बैठक आह्वान गरेको बताए। उनका अनुसार विधिको शासन, नागरिक तथा प्रेस स्वतन्त्रता र संवैधानिक संस्थाहरूको स्वायत्ततामाथि हस्तक्षेप हुने गरी सरकार अघि बढे त्यसविरुद्ध विपक्षी दलहरू एकजुट भएर प्रतिरोध गर्नेछन्। कांग्रेसले पछिल्लो समय चर्चामा रहेको अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग जोडिएको विषयमा पनि अन्य विपक्षी दलहरूसँग छलफल गरेर संयुक्त कदम चाल्ने तयारी गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Latest NewsJust now

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि ...

केन्द्रबिन्दु
सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?
Latest NewsJust now

सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?

• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँग सम्बन्धित न्यायाधीशहरूको महाभियोगको विषयमा कांग्रेसको समर्थनको अपेक्षा गर्दै आन्तरिक छलफल गरिरहेको छ। • कांग्रेसले महाभियोगको विषयमा तत्काल धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै 'पर्ख र हेर'को नीति अपनाएको छ। • रास्वपामा न्यायाधीशहरूको महाभियोगको विषयमा दुई धार देखिएको छ, र बिचौलिया सापकोटासँगको सम्बन्धले रास्वपाको नेतृत्वलाई अन्योलमा पारेको छ। ...

नेपालबहस
डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ :  गभर्नर पौडेल
Latest NewsJust now

डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट... ...

रातोपाटी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play