Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

समाज र राष्ट्रले चाहेको नेतृत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाज र राष्ट्रले चाहेको नेतृत्व
Photo / Coverage: हिमालय टाइम्स

महाभारतको युद्धभूमि कुरुक्षेत्रमा कौरव र पाण्डवका सेना आमनेसामने उभिएका थिए । युद्ध सुरु हुनै लाग्दा अर्जुनले विपक्षी सेनामा आफ्नै गुरु, आफन्त र बन्धुबान्धवलाई देखे । आफ्नै मानिसविरुद्ध हतियार उठाउनुपर्ने भएपछि उनको मन विचलित भयो । हातमा रहेको गाण्डीव धनुष खस्यो । युद्ध गरेर प्राप्त हुने राज्यको के अर्थ, यदि त्यसका लागि आफ्नै प्रियजनको रगत बगाउनुपर्छ भने ? कर्तव्य र करुणाबीचको द्वन्द्वले अर्जुनलाई अन्योलमा पार्‍यो ? त्यही बेला भगवान् श्रीकृष्णले उनलाई जीवन, कर्म, कर्तव्य र धर्मको महत्त्व बुझाए । श्रीमद्भगवद्गीताको सन्देश केवल अर्जुनलाई युद्धका लागि तयार पार्ने शिक्षा थिएन । त्यो कठिन परिस्थितिमा मोह र आवेगभन्दा माथि उठेर विवेकपूर्ण निर्णय कसरी लिने भन्ने जीवनदर्शन पनि थियो । न्याय, समान अवसर, स्वच्छ वातावरण, नागरिक स्वतन्त्रता र सार्वजनिक संस्थाप्रतिको विश्वास पनि विकासका महत्त्वपूर्ण आधार हुन् । राष्ट्रको सफलता सरकारले कति योजना घोषणा गर्‍यो भन्नेबाट मात्र होइन, ती योजनाले जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याए भन्नेबाट मापन गरिनुपर्छ । यस्तो विकासका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । रामायणमा रामको वनवास, भरतको त्याग र रावणको पतनले पनि नेतृत्वका फरक रूप देखाउँछन् । रामले व्यक्तिगत सुखभन्दा कर्तव्य र मर्यादालाई महत्त्व दिए । भरतले सजिलै प्राप्त हुनसक्ने राजसिंहासनलाई आफ्नो अधिकार ठानेनन् । रावण भने ज्ञान, शक्ति र वैभव हुँदाहुँदै पनि अहंकार र अनियन्त्रित इच्छाका कारण विनाशको बाटोमा पुग्यो । यी प्रसंग प्राचीन ग्रन्थमा सीमित कथामात्र होइनन् । आजको राजनीति, समाज र राष्ट्र सञ्चालनका लागि पनि यिनले महत्त्वपूर्ण शिक्षा दिन्छन् । हाम्रो देशले कस्तो नेतृत्व खोजिरहेको छ ? नेतृत्वमा पुग्ने व्यक्तिमा कस्ता गुण हुनुपर्छ ? सत्ता प्राप्त गरेपछि उसले जनताप्रतिको जिम्मेवारी कसरी पूरा गर्नुपर्छ । यी प्रश्न आज झन् सान्दर्भिक बनेका छन् ।विकासको अर्थ भवन र सडकमात्र होइन समाज विकासको चर्चा गर्दा हामी प्रायः सडक, पुल, विमानस्थल, भवन र ठूला आयोजनाको कुरा गर्छौं । भौतिक पूर्वाधार विकासका आवश्यक आधार हुन् तर यिनले मात्र समुन्नत समाजको निर्माण गर्दैनन् । सडक बने पनि नागरिकले रोजगारी पाएनन्, अस्पताल बने पनि उपचार गर्न सकेनन्, विद्यालय खुले पनि गुणस्तरीय शिक्षा प्राप्त भएन भने विकासको उद्देश्य अधुरै रहन्छ । वास्तविक विकास भनेको नागरिकको जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो । गरिब परिवारका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउन सकून्, बिरामीले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् र युवाले स्वदेशमै आफ्नो भविष्य बनाउन सकून् । जात, भाषा, धर्म, लिंग वा भूगोलका आधारमा कसैले अपमान र विभेद सहनु नपरोस् । न्याय, समान अवसर, स्वच्छ वातावरण, नागरिक स्वतन्त्रता र सार्वजनिक संस्थाप्रतिको विश्वास पनि विकासका महत्त्वपूर्ण आधार हुन् । राष्ट्रको सफलता सरकारले कति योजना घोषणा गर्‍यो भन्नेबाट मात्र होइन, ती योजनाले जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याए भन्नेबाट मापन गरिनुपर्छ । यस्तो विकासका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । तर सक्षम हुनुभनेको बोल्न जान्नु, भिड जम्मा गर्नु वा चुनाव जित्नुमात्र होइन । नेतृत्वमा इमानदारी, दूरदृष्टि, निर्णय क्षमता, मानवीय संवेदना र जनताप्रतिको उत्तरदायित्व पनि हुनुपर्छ । गीताले सिकाएको नेतृत्वको बाटोश्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मको महत्व बुझाउँदै भनेका छन्, ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।’ यसको सामान्य आशय मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ र फलप्रतिको अनावश्यक मोहमा बाँधिनु हुँदैन भन्ने हो । नेतृत्वको सन्दर्भमा यो शिक्षा निकै महत्त्वपूर्ण छ । सार्वजनिक पदमा पुगेको व्यक्तिले आफ्नो व्यक्तिगत लाभ, पदको निरन्तरता र राजनीतिक लोकप्रियताभन्दा जनताको हितलाई प्राथमिकता दिनुपर्छ । उसले तत्कालीन प्रशंसाका लागि होइन, देशको दीर्घकालीन हितका लागि निर्णय गर्न सक्नुपर्छ । यसको अर्थ परिणामप्रति बेवास्ता गर्नु होइन । बरू सही उद्देश्यका साथ काम गर्नु, कामको नतिजा हेर्नु र असफल भएमा जिम्मेवारी लिनु हो । जनतालाई आश्वासन दिएरमात्र पुग्दैन, ती आश्वासन पूरा गर्न योजना, साधन, समयसीमा र कार्यान्वयनको क्षमता पनि चाहिन्छ । गीतामा श्रेष्ठ व्यक्तिको आचरण अरूका लागि उदाहरण बन्ने विचार पनि प्रस्तुत गरिएको छ । नेतृत्वमा यसको महत्त्व झन् बढी हुन्छ । नेता इमानदार छ भने इमानदारीको संस्कार बलियो बन्नसक्छ । उसले कानुनको सम्मान गर्छ भने सार्वजनिक जीवनमा नियमप्रतिको विश्वास बढ्छ तर नेता नै झुट, अहंकार र स्वार्थमा रमाउन थाल्यो भने त्यसको असर समाजमा पर्नसक्छ । त्यसैले नेतृत्व भनेको अरूलाई उपदेश दिनुमात्र होइन, आफूले पनि त्यसलाई व्यवहारमा उतार्नु हो । जनतालाई मितव्ययिता सिकाउने नेताको जीवनशैली सादगीपूर्ण हुनुपर्छ । भ्रष्टाचारविरुद्ध बोल्ने व्यक्तिको व्यवहार पारदर्शी हुनुपर्छ । जनताको सेवा गर्ने वाचा गर्ने व्यक्ति जनताकै दुःखबाट टाढा हुनु हुँदैन । नेपालको समस्या र नेतृत्वको जिम्मेवारीनेपाल प्राकृतिक, सांस्कृतिक र मानवीय सम्भावनाले सम्पन्न देश हो । हिमाल, पहाड र तराईको विविधता, जलस्रोत, वनजंगल, कृषि, पर्यटन, जडिबुटी, सांस्कृतिक सम्पदा र जनशक्ति हाम्रो शक्ति हुन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभव राष्ट्र निर्माणका महत्त्वपूर्ण आधार बन्न सक्छन् । यति धेरै सम्भावना हुँदाहुँदै देशले अपेक्षित गति लिन नसक्नु चिन्ताको विषय हो । बेरोजगारीका कारण युवा विदेशिन बाध्य छन् । किसानले उत्पादनको उचित मूल्य पाउन कठिनाइ भोगिरहेका छन् । सर्वसाधारणले सरकारी सेवा लिन झन्झट बेहोर्नुपर्छ । भ्रष्टाचार, ढिलासुस्ती, नीतिगत अस्थिरता र राजनीतिक स्वार्थले नागरिकको विश्वास कमजोर बनाएका छन् । यी सबै समस्याको दोष एउटै व्यक्ति वा दललाई दिएरमात्र समाधान खोज्न सकिँदैन । हाम्रो राजनीतिक अभ्यास, प्रशासनिक संरचना, आर्थिक नीति र सामाजिक सोचमा रहेका कमजोरीलाई पनि हेर्नुपर्छ तर यसको अर्थ नेतृत्वलाई जिम्मेवारीबाट मुक्त गर्नु होइन । राज्यको नीति बनाउने, स्रोत परिचालन गर्ने र संस्थालाई सही दिशामा अघि बढाउने मुख्य जिम्मेवारी नेतृत्वकै हुन्छ । सरकार परिवर्तनसँगै योजना परिवर्तन हुने, सुरु भएका आयोजना अलपत्र पर्ने र दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा सहमति नबन्ने अवस्थाले विकासलाई कमजोर बनाउँछ । सार्वजनिक पदलाई सेवाको अवसरभन्दा व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाउँछ । नियुक्ति र अवसरमा योग्यता तथा निष्पक्षताभन्दा नातागोता र राजनीतिक निकटतालाई महत्त्व दिइयो भने योग्य नागरिक निरुत्साहित हुन्छन् । त्यसैले देशलाई केवल नयाँ अनुहार होइन, नयाँ सोच र जिम्मेवार कार्यशैली भएको नेतृत्व चाहिएको छ । विगतका गल्तीबाट सिक्ने, राम्रो कामलाई निरन्तरता दिने र कमजोरी सुधार्ने क्षमता भएको नेतृत्व आवश्यक छ । हामीले खोजेको नेतृत्वको चरित्रसबैभन्दा पहिले नेतृत्वमा स्वच्छ छवि र नैतिक विश्वसनीयता हुनुपर्छ । जनताले विश्वास गर्नसक्ने व्यक्ति नेतृत्वमा पुग्नु आवश्यक छ । स्वच्छ छवि भनेको आरोप नलागेको व्यक्तिमात्र हुनु होइन, सार्वजनिक जीवनमा पारदर्शिता अपनाउनु, आफ्नो निर्णय स्पष्ट पार्नु र गल्ती भएमा त्यसलाई स्वीकार गर्ने साहस राख्नु हो । आरोप र दोष प्रमाणित हुनु फरक कुरा हुन् । त्यसैले नेतृत्वको मूल्यांकन हल्लाका आधारमा होइन, तथ्य, व्यवहार र कार्यसम्पादनका आधारमा गरिनुपर्छ । नेतृत्वमा उदार हृदय र धीर-उदात्त गुण आवश्यक छन् । उदारता भनेको आफ्नो विचारसँग सहमत हुनेलाई मात्र अवसर दिनु होइन । फरक मत राख्ने व्यक्तिलाई सुन्नु, विरोधीको उचित सुझाव स्वीकार गर्नु र व्यक्तिगत रिसइबीभन्दा माथि उठ्नु वास्तविक उदारता हो । नेतृत्वमा दम्भ र अभिमान हुनु हुँदैन । पदमा पुगेपछि आफूलाई सर्वज्ञानी, सर्वशक्तिमान् वा अरूभन्दा माथि ठान्ने प्रवृत्ति घातक हुन्छ । जनताको मतबाट प्राप्त पद जनताको सेवाका लागि हो, व्यक्तिगत प्रतिष्ठा बढाउनका लागि होइन । पद र शक्तिले मानिसको वास्तविक चरित्र देखाउँछन् । त्यसैले नेतृत्व जतिमाथि पुग्छ, उसमा विनम्रता र आत्मसंयम त्यति नै आवश्यक हुन्छ । धीर-उदात्त नेतृत्व कठिन परिस्थितिमा धैर्य राख्छ, आवेगमा निर्णय गर्दैन र आफ्नो पदको मर्यादा कायम राख्छ । नेतामा निर्णय क्षमता हुनुपर्छ । हरेक विषयमा सबैलाई खुशी पार्न खोज्दा निर्णय गर्न नसक्ने अवस्था आउनसक्छ । कहिलेकाहिँ राष्ट्र र जनताको हितका लागि कठिन निर्णय लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तथ्य, विज्ञको सुझाव, कानुनी व्यवस्था र दीर्घकालीन परिणामलाई ध्यानमा राखेर निर्णय गर्नसक्ने व्यक्ति नै योग्य नेता हो । निर्णयमा दृढ हुनु र जिद्दी हुनु फरक कुरा हुन् । असल नेता आवश्यक पर्दा आफ्नो निर्णय सच्याउन तयार हुन्छ । नेतृत्वमा दम्भ र अभिमान हुनु हुँदैन । पदमा पुगेपछि आफूलाई सर्वज्ञानी, सर्वशक्तिमान् वा अरूभन्दा माथि ठान्ने प्रवृत्ति घातक हुन्छ । जनताको मतबाट प्राप्त पद जनताको सेवाका लागि हो, व्यक्तिगत प्रतिष्ठा बढाउन होइन । पद र शक्तिले मानिसको वास्तविक चरित्र देखाउँछन् । त्यसैले नेतृत्व जतिमाथि पुग्छ, उसमा विनम्रता र आत्मसंयम त्यति नै आवश्यक हुन्छ । सादगी जीवनशैली पनि असल नेतृत्वको महत्त्वपूर्ण विशेषता हो । सादगीको अर्थ आवश्यक सुविधा त्याग्नु वा गरिबीको प्रदर्शन गर्नु होइन । सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्नो जीवनशैलीमा मर्यादा, मितव्ययिता र पारदर्शिता कायम गर्नु हो । जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला राज्यको स्रोत व्यक्तिगत सुखसुविधामा अनावश्यक रूपमा खर्च गर्नु उचित हुँदैन । नेता जनताबाट टाढिँदै गयो भने उसले जनताको वास्तविक समस्या बुझ्न सक्दैन । राजधानीको बैठक, प्रतिवेदन र औपचारिक कार्यक्रममा मात्र सीमित नेतृत्वले गाउँको किसान, दुर्गम बस्तीको बिरामी, बेरोजगार युवा र दैनिक ज्यालादारीमा निर्भर परिवारको कठिनाइ पूर्णरूपमा अनुभूत गर्न सक्दैन । त्यसैले नेतृत्व जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन रुचाउने हुनुपर्छ । चुनावका बेला मात्र गाउँ पुग्ने, समस्या सुन्ने आश्वासन दिने र पदमा पुगेपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जनताको विश्वास टुटाउँछ । जनतासँग नियमित भेटघाट गर्ने, गुनासा सुन्ने, सार्वजनिक सुनुवाइमा सहभागी हुने र समाधानको प्रगति जानकारी गराउने संस्कार बसाल्नुपर्छ । नेतृत्वले नेपाली भूगोल र संस्कृतिको वास्तविकता बुझ्नुपर्छ । हिमाली क्षेत्रको आवश्यकता तराईको आवश्यकताभन्दा फरक हुनसक्छ । पहाडी गाउँको विकासका चुनौती र शहरको व्यवस्थापनका समस्या एउटै हुँदैनन् । कतै सडकको पहुँच प्राथमिक आवश्यकता हुन्छ, कतै सिँचाइ, खानेपानी, स्वास्थ्य सेवा वा बजारको पहुँच । देशको विविध भूगोल नबुझी एउटै ढाँचाको नीति लागू गर्दा स्रोतको सही उपयोग हुनसक्दैन । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँका भाषा, परम्परा, चाडपर्व, जीवनशैली र स्थानीय ज्ञानको सम्मान गर्नसक्ने नेतृत्वले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउनसक्छ । संस्कृतिको सम्मान गर्नुभनेको विभेदकारी परम्परालाई जस्ताको तस्तै स्वीकार गर्नु होइन, सकारात्मक पहिचानको संरक्षण गर्दै समानता र न्यायलाई अघि बढाउनु हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लेन्समाथि कोमोको कीर्तिमानी जित
Latest NewsJust now

लेन्समाथि कोमोको कीर्तिमानी जित

फेनेबाचेसँग ३–२ ले हारेपछि लिभरपुलको शतप्रतिशत सुरुआत रोकियो भने कोमोले लेन्सलाई आठ गोलको अन्तरले पराजित गर्‍यो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play