Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता
Photo / Coverage: पर्दाफास

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी-२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चार मन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए। सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चार मन्त्री डा. तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए । उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चार मन्त्री डा. तिमिल्सिनालाई जानकारी गराए । त्यसैगरी, सञ्चार मन्त्री डा. तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ । यसैबीच, मन्त्री डा. तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी-२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुवेतमा स्थापित नेपाली उद्यमी
OthersJust now

कुवेतमा स्थापित नेपाली उद्यमी

वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं रेस्टुरेन्ट मालिक बन्न चाहन्थे । साथीभाइसँग मिलेर चौतारी रेस्टुरेन्ट खोले । अहिले कुवेतका प्रमुख शहरहरूमा यसका १२ वटा आउटलेट सञ्चालनमा छन् । उनको व्यवसायले २०० भन्दा बढीलाई रोजगारी दिएको छ । ...

अनलाइन खबर
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी
OthersJust now

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव हो। ...

अनलाइन खबर
अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्
OthersJust now

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

सबैभन्दा पहिला मैले कास्ट गरेको परीक्षा लिम्बु हो । हाम्रो फिल्मको मेन लिड नै उहाँ हुनुहन्छ । अझ भनौं फिल्मको हिरो । ...

अनलाइन खबर
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी
OthersJust now

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ । गैरआवासीय नेपाली… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play