Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

संस्करको महत्त्व, पहिले र अहिले

Share:WhatsAppFacebookX (Twitter)Telegram
संस्करको महत्त्व, पहिले र अहिले
Photo / Coverage: हिमालय टाइम्स

षोडश वा सोह्र संस्कार, वैदिक युगदेखि मानिसले आत्मशुद्धिका निम्ति अपनाउँदै आएको सांस्कृतिक परम्परा हो । संस्कारले हाम्रो परम्परागत रीतिरिवाज र संस्कृतिलाई जगेर्ना गर्दछ । संस्कारले व्यक्तिलाई समाजमा घुलमिल गराउँछ । स्वावलम्बी बन्न अभिप्रेरित गराउँछ । शिष्ट र सभ्य बन्न सिकाउँछ । संस्कारले व्यक्तिमा अदम्य साहस र उत्साह बढाइदिन्छ । समष्टिगत रूपमा संस्कारले व्यक्तिलाई उच्च अनुशासन र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छ । सामान्य अर्थमा संस्कार भन्नाले आफ्नो कुल, धर्म, संस्कृति र परम्परालाई निरन्ता दिने प्रचलन भन्ने बुझिन्छ । संस्कारभित्र पनि धर्म, संस्कृति र पम्पराको अनोन्याश्रित सम्बन्ध हुन्छ । अपरिवर्तनीय नभए पनि संस्कार सहजै परिवर्तन हुँदैन । संस्कार पालनको क्षेत्र पनि बृहद् र व्यापक हुन्छ । निश्चित सामाजिकमात्र होइन संस्कार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रसम्मै विस्तारित हुन्छ । व्यक्तिमात्र होइन वंश, जाति र समुदायकै शुद्धता संस्कारको मुख्य विशेषता हो । संस्कारले व्यक्तिलाई सभ्य र सुसंस्कृत बनाउँछ । सदाचार र सर्वजनहिताय संस्कारको अर्को विशेषता हो । धर्म, संस्कृति र परम्परालाई पनि भावार्थका आधारमा वर्गीकृत गर्ने हो भने मानिसले मानिआएको परम्परागत विश्वास वा मान्यता धर्म हो भने देश र जातिको कला, साहित्य संस्कृति, आचार व्यवहार तथा बौद्धिकताकै मौलिक पहिचानलाई पुस्तानुगतै निरन्तरता दिने कार्यलाई संस्कृति भनिन्छ । यसैगरी प्रारम्भदेखि नै आफ्ना पुर्खाले चलाइल्याएको प्रचलन र प्रथालाई निरन्तरता दिने कार्यलाई परम्परा भनिन्छ । यी धर्म, संस्कृति र परम्पराको भावार्थमात्रै हुन् । समष्टिगत रूपमा वैदिक युगका ऋषि महर्षिले प्रतिपादन गरेका मानव हित र कल्याणकारी, अनुशरण गर्न लायक मान्यतालाई हाम्रै पुर्खाले अनुशरण गर्दै हामीसम्म ल्याइदिएका हुन् । तिनै रीतिरिवाज र संस्कारलाई यद्यपि हामी पालन गरिरहेका छौँ । तिनै प्रथालाई भावी सन्ततिलाई पनि हामी हस्तान्तरित गर्नेछौँ । वंश पुर्खाकै पहिचानको प्रतीक मानिने धर्म, संस्करण र रीतिरिवाजहरू अपरिवर्तनीय भने होइनन् । समय र परिस्थिति अुसार त्यसमा हेरफेर परिमार्जन हुनसक्छ तर दीर्घकालीन वा वंशानुगत मान्यता राख्ने भएकाले परिवर्तित कुराहरू भने भावी सन्ततिको निम्ति मान्य हुन नसके त्यो संस्कार र रीतिरिवाजभित्र समेटिन सक्तैन भन्नेतर्फ हामीले सजगता अपनाउनुपर्दछ । संस्कारको विशेषता :अपरिवर्तनीय नभए पनि संस्कार सहजै परिवर्तन हुँदैन । संस्कार पालनको क्षेत्र पनि बृहद् र व्यापक हुन्छ । निश्चित सामाजिकमात्र होइन संस्कार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रसम्मै विस्तारित हुन्छ । व्यक्तिमात्र होइन वंश, जाति र समुदायकै शुद्धता संस्कारको मुख्य विशेषता हो । संस्कारले व्यक्तिलाई सभ्य र सुसंस्कृत बनाउँछ । सदाचार र सर्वजनहिताय संस्कारको अर्को विशेषता हो । संस्कार व्यक्तिलाई सम्मानित गराउने आकर्षण नै हो । यसैगरी संस्कार मानव सभ्यताको आधारभूत आवश्यकता मानिन्छ । संस्कार कसैलाई भागबण्डा गर्नु पर्दैन । बोक्न वा लिन बोझ नहुने, कसैले देख्नै नसक्ने, पीडादायक नहुने, कसैले हरण गर्न नसक्ने । कहिल्यै ननासिने तथा युगौँसम्म व्यक्तिलाई अमर बनाउने विशिष्ट विशेषता संस्कारको हुन्छ । यसैले विशेषताको क्षेत्र नै व्यापक हुने भएकोले संस्कारलाई व्यवहारमा निरन्तर प्रयोग गरिए अझै बढ्दै र फैलँदै जानसक्छ । संस्कारको महत्त्वसंस्कारले व्यक्तिलाई वास्तविक मानवकै रूपमा परिचित गराउँछ । सर्वत्र कदर गराउँछ । संस्कारी व्यक्ति सबैको प्रियपात्र बन्छ । अनुन्यायीहरू बढ्दै जाने भएकोले संस्कारी व्यक्ति समाजमा लोकप्रिय हुन्छ । साथसहयोगी अनेकौँ हुने भएकाले संस्कारयुक्त व्यक्तिले कष्टकर जीवन बिताउनु पर्दैन । समाजदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमै ख्याति फैलन सक्छ । संस्कारी व्यक्तिको मनोबल सधैँ उच्च हुने भएकोले इच्छाएको कार्य सम्पन्न गर्न सक्छ । आदर्श संस्कारले व्यक्तिलाई मुलुककै सम्मानको पात्र बनाउँछ । संस्कारले प्रदान गर्ने सम्मान व्यक्तिले अनेत्रबाट प्राप्त गर्न सक्दैन । यसैले हरेक व्यक्तिको निम्ति संस्कारको विशिष्ट महत्त्व हुन्छ । संस्कार व्यक्ति विशेषको सुवास्नाको प्रतीक पनि हो । षोडश वा स्रोह संस्कार के के हुन् ? तिनीहरूको प्रयोग के कुन अवस्थामा कसरी गरिन्छ भन्ने बारेमा पनि संक्षिप्त चर्चा गरौँ : १. गर्भाधान संस्कार : सन्तान प्राप्तिको कामना गर्दे वैवाहित जोडीले गर्ने गर्भाधान संस्कारमध्येको पहिलो हो । सन्तान प्राप्तिको निम्ति वैदिक विधिअनुसार भगवानप्रति प्रार्थना गर्दै यो संस्कार गर्ने प्रचलन छ । सन्तानको चाहना गर्ने दम्पतीको निम्ति यो संस्कार महत्त्वपूर्ण मानिन्छ । २. पुंसवन संस्कार : गृहस्थ जीवनमा प्रवेश गरेका दम्पतीहरूले संयुक्त रूपमा गर्ने यो दोस्रो महत्त्वपूर्ण संस्कार हो । श्रीमतीले गर्भाधारण गरेको निश्चित भएपछि यो संस्कार गरिन्छ । गर्भमा रहेको भ्रूण बढेर स्वास्थ्य, बलवान र सुयोग्य पुत्र जन्मियोस् भन्ने उद्देश्यले वैदिक विधिअनुसार यो संस्कार गरिन्छ । ३. सीमान्तोन्नयन संस्कार : गर्भ रक्षाको निम्ति श्रीमान्–श्रीमतीले गर्ने यो अर्को महत्त्वपूर्ण संस्कार हो । वैदिक विधि विधान र अनुष्ठान सहित यो संस्कार गरिन्छ । ४. जातकर्म संस्कार : आमाको गर्भबाट बच्चा जन्मनासाथ गरिने यो संस्कारलाई शिशुको जन्म संस्कार पनि भनिन्छ । शिशु जन्मिनासाथ आफ्नो जातीय धर्म परम्परा अनुसारै सालनाल छुट्याउने, नुहाईधुवाई बच्चालाई सफा बनाउने कार्यहरू यो संस्कारमा पर्दछन् । ५. नामकरण संस्कार : शिशु जन्मेको केही निश्चित दिन पुगेपछि, वैदिक विधिअनुसारै शिशुको नामकरण गरिने यो संस्कारलाई न्वारन पनि भनिन्छ । जन्म लग्नअनुसार उपयुक्त नाम जुराई शिशुको नाम राख्न गरिने यो संस्कार महत्त्वपूर्ण मानिन्छ । बसोवास, विस्तारको क्रममा अहिले विश्व नै सबै धर्मावलम्बीको सहज गन्तव्य बन्न पुगेको छ । विभिन्न धर्मावलम्बीहरू एकै समाजमा बसोवास गर्ने क्रम पनि बढ्दो छ । इच्छाएको धर्म अवलम्बन गर्ने परिपाटी बढ्दै छ । यस क्रममा धर्म परिवर्तन गर्ने चलन सामान्य भइसकेको छ । संस्कार पद्धतिहरू पनि विस्तारित भई सबैको निम्ति मान्य हुन थालेका छन् । ६. निस्क्रमण संस्कार : यो संस्कार बसोवास वा बसोवास गरेको घरबाट बच्चालाई सर्वप्रथम बाहिर निकाल्ने क्रममा गरिने संस्कार हो । वैदिक युगमा सुत्केरी महिला शारीरिक रूपमा सक्षम वा तन्दुरुस्त नभएसम्म घर बाहिर ननिस्कने परम्परा थियो । अहिलेको जस्तो चिकित्सकीय सेवाको आवश्यक पर्दा वैद्यहरू घरमै उपलब्ध हुनसक्थे । एलोपेथिक औषधोपचारको व्यवस्था नभएकाले बच्चा र बच्चाको आमा पूर्ण स्वस्थ भएपछि नै घरबाट निस्कने गर्दथे । बच्चालाई घरबाहिर निकाल्नुपर्दा वैदिक विधिअनुसार निस्क्रमण संस्कार नगरी नकिालिँदैन्थ्यो । ७. अन्नप्रासन्न संस्कार : जन्मेको छ महिना पुगेपछि बच्चालाई अन्न खुवाउनु पर्दा गरिने संस्कार अन्नप्रशासन्न संस्कार हो । आधुनिक शब्दमा यो संस्कारलाई पास्नी भनिन्छ । ८. चूडाकरण संस्कार : यस संस्कारलाई चूडाकर्म वा मुण्डन संस्कार पनि भनिन्छ । यो व्रतबन्ध गर्न तयारी हुने क्रममा कपाल खौरी मुण्डन गर्ने संस्कार हो । तर व्रतबन्धको पूरै विधि भने यस संस्कारभित्र पर्दैन । केवल मुण्डनको कार्यमात्र यस संस्कारमा पर्दछ । ९. कर्णछेदन संस्कार : यस संस्कारलाई कर्णवेद संस्कार पनि भनिन्छ । बच्चाको कान छेड्ने बेलामा गरिने यो संस्कार पूर्णरूपमा वैदिक विधिअनुसारै गरिन्छ । १०. विद्यारम्भ संस्कार : यो बच्चालाई अक्षर चिनाउने क्रममा गरिने संस्कार हो । वैदिक कालमा विधिअनुसारै विद्यारम्भ संस्कार पूरा गराएपछि मात्रै बच्चालाई अक्षर चिनाउने प्रचलन थियो । ११. उपनयन संस्कार : बच्चालाई शिक्षा प्रदान गर्ने क्रममा गरिने संस्कार उपनयन संस्कार हो । शिक्षा प्रदान गर्नुपहिला यो संस्कार गरेर यज्ञोपवित वा जनै धारण गराइन्छ । जसलाई व्रतबन्ध संस्कार पनि भनिन्छ । १२. वेदारम्भ संस्कार : वैदिक युगको शिक्षा भन्नु नै गुरुकुल शिक्षा थियो । जसमा वेदकै पठनपाठन गरिन्थ्यो । शिक्षा आर्जन गर्ने वा वेदपाठ प्रारम्भ गर्ने क्रममा वैदिक विधिअनुसार वेदारम्भ संस्कार पूरा गराएरै वेदपाठ प्रारम्भ गरिन्थ्यो । १३. केशान्त संस्कार : यो संस्कार व्यक्ति जवानी उमेरमा प्रवेश गरेको संकेत गर्ने संस्कार हो । जन्मेको पुरुषको मुखमा दाह्री जुँगाको रेखी बसेपछि ऊ युवावस्थामा प्रवेश गर्दै गरेको संकेत पाइने कुरा विदितै छ । वैदिककालमा व्यक्तिको दाह्री जुँगा पलाउन थालेपछि वैदिक विधिनुसारै केशान्त संस्कार पूरा गरेर जवानीलाई स्वागत गरेको आभास दिलाउने गरिन्थ्यो । १४. समावर्तन संस्कार : शिक्षा आर्जनको कार्य सम्पन्न पारेर गुरुलाई दक्षिणा दिएर आफ्नो गृहस्थ आश्रममा प्रवेश गर्न घर फर्कने क्रममा वैदिक विधिअनुसार गरिने संस्कार समावर्तन संस्कार हो । यो संस्कार अत्यावश्यक मानिन्थ्यो । १५. विवाह संस्कार : शिक्षा आर्जनको कार्य सम्पन्न गरेपछि गृहस्थ जीवनमा प्रवेश गर्ने क्रममा वैदिक युगमा विवाह संस्कार गर्ने परम्परा थियो । विवाहित दम्पतीलाई गृहस्थ भनिन्थ्यो । शुभ विवाहको नामले यो संस्कार यद्यपि कायमै छ । १६. अन्त्येष्टि : व्यक्तिको मृत्यु भएपछि शव दाह गर्न गरिने यो संस्कार अहिले पनि वैदिक विधिअनुसारै गरिन्छ । षोडश संस्कारमध्ये यो अन्तिम संस्कार हो । उल्लेखित सोह्र संस्कारमध्ये निस्क्रमण संस्कार, कणछेदन संस्कार, विद्यारम्भ संस्कार, पेदारम्भ संस्कार र केशान्त संस्कार भने अहिले विरलै व्यक्तिले मात्र गर्दछन् । अधिकांशले भने यी पाँच संस्कारबाहेकका एघार संस्कार यद्यपि कुनै न कुनै रूपमा अवलम्बन गर्दै आएका छन् । बसोवास, विस्तारको क्रममा अहिले विश्व नै सबै धर्मावलम्बीको सहज गन्तव्य बन्न पुगेको छ । विभिन्न धर्मावलम्बीहरू एकै समाजमा बसोबास गर्ने क्रम बढ्दो छ । इच्छाएको धर्म अवलम्बन गर्ने परिपाटी बढ्दै छ । यस क्रममा धर्म परिवर्तन गर्ने चलन सामान्य भइसकेको छ । संस्कार पद्धतिहरू पनि विस्तारित भई सबैको निम्ति मान्य हुन थालेका छन् । जन्म, मृत्यु र वैवाहिक संस्कार अवलम्बन नगर्ने अहिले कुनै समुदाय नै छैन । वैवाहिक संस्कारकै दृष्टान्त हेर्ने हो भने, कसैले यसलाई वैदिक विधिअनुरारै अपनाएका छन् त कसैले पाश्चात्य संस्कारकै आधारमा ‘हेप्पी मेरिज’को रूपमा तथा कसैले आफ्नै परम्परागत संस्कारकै रूपमा मनाउँदै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च
Latest NewsJust now

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च

जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा टोकियोको मुख्य उपभोक्ता मूल्य सूचकाङ्क (कोर सीपीआई) २.९ प्रतिशतले बढेको हो । अक्टोबरमा यस्तो वृद्धि २.६ प्रतिशत थ... ...

नेपालखबर
रानी नाकालाई व्यवस्थित बनाउन महानगर र सुरक्षा निकायको संयुक्त अनुगमन
Latest NewsJust now

रानी नाकालाई व्यवस्थित बनाउन महानगर र सुरक्षा निकायको संयुक्त अनुगमन

विराटनगर । नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेको छ । सीमा क्षेत्रमा बढ्दै... ...

रातोपाटी
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement