Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

संरक्षणको अभावमा छेडेदह ताल

Share:WhatsAppFacebookX (Twitter)Telegram
संरक्षणको अभावमा छेडेदह ताल
Photo / Coverage: केन्द्रबिन्दु

बाजुरा । छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सुन्दरताका कारण पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा तालले अपेक्षित पर्यटकीय पहिचान बनाउन नसकेको स्थानीय राजेश सुनारले बताए। “खप्तड छेडेदह–४ को पड्नापानीमा लागेको पहिरो ताल नजिकै पुगिसकेको छ”, उनले भने, “त्यहाँका करिब ७० परिवार बढीको खेतीयोग्य जमिन बगाएको छ, अब तालको छेउमै पुगेका कारण खोलिने सम्भावना छ, तत्काल कुनै पहलकदमी नभए ताल खोलिएर सयौँ परिवार विस्थापित हुने जोखिम छ।” उक्त ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा पर्छ । प्रसिद्ध धार्मिक तथा पर्यकटीय क्षेत्र खप्तड र छेडेदह तालकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ। तर तालको पहिरो रोकथाम र संरक्षणका लागि ठोस पहल नहुँदा अस्तित्व नै खतरामा पर्ने जोखिम रहेको स्थानीयहरु बताउँछन्। खप्तड छेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीले पुर्खादेखिको जग्गा विवादका कारण नै ताल ओझेलमा परेको बताए। “ताल वरिपरि रहेको जग्गा वडा नं ४ र ७ का स्थानीयले आआफ्नै भनेर दाबी गर्दै आएको छन्”, अध्यक्ष धामीले भने, “जग्गा विवाद समाधान नहुँदा तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा पालिकाले केही गर्न सकिरहेको अवस्था छैन।” वडाध्यक्ष धामीका अनुसार जग्गाधनीले गाउँपालिकाले नीतिगत रूपमा निर्णय गरेर आफूलाई मुआब्जा दिएर व्यवस्थित गर्नुपर्ने अडान राख्दै आएका छन्। यस्तै, खप्तड छेडेदह–७ का वडाध्यक्ष खगेन्द्र रावतले स्थानीयबीच पहिलेदेखिकै विवाद रहेको भन्दै समाधानका लागि अघिल्लो कार्यकालबाट नै पहल गरिरहेको भए पनि नसकिएको बताए। गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरण गरिएको यो ताल संरक्षण गर्न नसके भविष्यमा अस्तित्व सङ्कटमा पर्ने जानकारी दिए। गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जग्गा विवाद समाधान गर्न नसक्दा पहिरो रोकथाम र संरक्षणका लागि काम गर्न नसकिएको बताए। यसअघि वडाध्यक्षमार्फत सम्बन्धित वडाका स्थानीयसँग छलफल सुरु गरे पनि समाधान नहुँदा अब केही दिनमै सबै पक्षको सहभागितामा व्यापक छलफल गरी निष्कर्षमा पुग्ने प्रयास भइरहेको उनले बताए। “ताल आसपासको जग्गा नापेर आफूहरूले मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ”, उनले भने, “जग्गा विवादकै कारण तालको अस्तित्व सङ्कटमा पर्ने जोखिम छ, अब विवादभन्दा पनि सहयोग र समन्वय गरेर निर्णायक छलफल गरी संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्छ।” यस्तै, अध्यक्ष रावतकाअनुसार उक्त तालमा पूर्वाधार निर्माणका लागि स–सानो बजेट पालिका र प्रदेशबाट बर्सेनि यसअघि ताल नजिकै पुगेको पहिरो नियन्त्रणका लागि पालिकाले डिपिआर गरेको छ तर जग्गा विवादकै कारण तालको डिपिआर हुन नसकेको उनको भनाइ छ। तालको अवलोकनका लागि बझाङ, अछामलगायतका जिल्लाबाट समेत पर्यटकहरू पुग्ने गरेका छन् । यो ताल बझाङ नजिकै अर्थात् मार्तडी थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको छेउमै पर्छ। रारा खप्तड पैदल यात्रासँगै जोडिएकाले तालको महिमा अझ बढी छ । तर संरक्षण अभावमा ओझेलमा छ । छेडेदह तालको महत्व केवल प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन । धार्मिक आस्थाले पनि प्रसिद्ध छ । तालकै छेउमा खापर मन्दिर छ। ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको स्थानीय गणेश बुढाले बताए। पर्यटकलाई आकर्षित गर्न तालसम्म पुग्ने सडक तथा पदमार्गको स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार आवश्यक छन्। त्यसैगरी तालको प्राकृतिक स्वरूपमा असर नपर्नेगरी पर्यटकीय संरचना निर्माण गर्नुपर्ने देखिन्छ । तालको संरक्षणका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरी बजेट तथा कार्यक्रमको व्यवस्था गर्न राज्यको पनि ध्यान जान जरुरी छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण छेडेदह ताल अहिले संरक्षण, व्यवस्थित विकास र प्रवर्द्धनको पर्खाइमा छ। पहिरो नियन्त्रण गर्दै यसको प्राकृतिक पहिचान जोगाउन सम्बन्धित निकायले समयमै ध्यान दिनसके यो ताल जिल्लाकै पर्यटन विकास र स्थानीय समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन राईनोज र काठमाण्डु गोर्खाज भिड्दै LIVE UPDATES
Latest NewsJust now

चितवन राईनोज र काठमाण्डु गोर्खाज भिड्दै LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोज र काठमाण्डु... ...

रातोपाटी
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार
Latest NewsJust now

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन् ...

कान्तिपुर
पावरप्लेमा विकेट गुमाउँदा हार बेहोर्नुपर्‍यो : पवन सर्राफ
Latest NewsJust now

पावरप्लेमा विकेट गुमाउँदा हार बेहोर्नुपर्‍यो : पवन सर्राफ

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससँग ६३ रनले पराजित भएपछि कर्णाली याक्सका ब्याटर पवन सर्राफले सुरुमै विकेट गुमाउनु हारको मुख्य कारण बनेको बताएका छन्। सोमबार भएको खेलपछि प्रतिक्रिया दिँदै... ...

रातोपाटी
रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
Latest NewsJust now

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play