Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्म : न्यायाधीश प्रस्तावित जनक पाण्डेलाई पद्मा अर्यालका प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्म : न्यायाधीश प्रस्तावित जनक पाण्डेलाई पद्मा अर्यालका प्रश्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलालाई लिएर विभिन्न प्रश्न उठाउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अर्यालले पाण्डेसमक्ष न्यायपालिकाप्रतिको जनविश्वास पुनःस्थापित गर्ने ठोस योजना माग गर्नुभएको हो । उहाँले न्यायाधीशहरूले हरेक सुनुवाइमा न्यायपालिकाका समस्या पहिचान गर्ने गरे पनि व्यवहारमा सुधार हुन नसकेको बताउनुभयो । कार्ययोजना प्रस्तुत गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनप्रति प्रतिबद्धता देखाउन उहाँले पाण्डेलाई आग्रह गर्नुभयो । अर्यालले पाण्डेकी श्रीमती माया पाण्डे पुरीको नाममा रहेको जग्गाबारे पनि विशेष चासो व्यक्त गर्नुभयो । पुरी परिवारबाट दाइजो, बकस वा अंशका रूपमा प्राप्त भएको भनिएको उक्त जग्गा सरकारी ठहर भई विशेष अदालतले सरकारीकरण गर्ने निर्णय गरेको तर हालसम्म फिर्ता नभएको उजुरीकर्ताहरूको दाबी रहेको उहाँले उल्लेख गर्नुभयो । उक्त जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अर्यालले व्यक्तिगत तथा पारिवारिक स्वार्थ जोडिएको विषयमा पाण्डेले न्यायिक निष्पक्षता कसरी कायम गर्नुहुन्छ भन्ने प्रश्न गर्नुभयो । त्यसैगरी, भुटानी शरणार्थी प्रकरणमा पाण्डे संलग्न इजलासबाट भएको फैसलालाई लिएर समान प्रकृतिका मुद्दामा फरक व्यवहार भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठिरहेको उहाँले बताउनुभयो । यस विषयमा पनि पाण्डेसँग स्पष्ट धारणा माग गर्नुभयो । सांसद अर्यालले न्यायाधीशको व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र नैतिक जवाफदेहिता सुनिश्चित गर्ने आधारबारे स्पष्ट जवाफ माग गर्नुभयो । साथै, सर्वोच्च अदालतले संविधान, मौलिक हक, मानव अधिकार र विधिको शासनको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राज्यका निकायबाट नागरिकका मौलिक हक उल्लङ्घन भएको अवस्थामा न्यायिक पुनरावलोकनको अधिकार कसरी प्रयोग गर्नुहुन्छ भन्ने जिज्ञासा पनि उहाँले राख्नुभयो । अर्यालले भन्नुभयो, ‘कार्ययोजना प्रस्तुत गर्नु मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो । विगतमा पनि समस्या पहिचान हुँदै आए पनि सुधार देखिएको छैन । त्यसैले कार्यान्वयनप्रतिको तपाईंको प्रतिबद्धता के हो ? मेरो पहिलो प्रश्न न्यायिक आचरण र जवाफदेहितासँग सम्बन्धित छ । न्यायाधीशको व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता र स्वार्थको द्वन्द्व कसरी सुनिश्चित गर्नुहुन्छ ?’ उहाँले थप्नुभयो, ‘तपाईंकी श्रीमतीको नाममा रहेको र विशेष अदालतले सरकारीकरण गर्ने निर्णय गरेको जग्गा तथा भुटानी शरणार्थी प्रकरणमा समान प्रकृतिका मुद्दामा फरक व्यवहार भएको भन्ने सार्वजनिक प्रश्नबारे तपाईंको स्पष्ट जवाफ के छ ? नागरिकका मौलिक हक र संवैधानिक सर्वोच्चताको संरक्षण गर्न न्यायिक पुनरावलोकनको अधिकार कसरी प्रयोग गर्नुहुन्छ ? न्यायपालिकाप्रति जनविश्वास पुनःस्थापित गर्न तपाईंको विशिष्ट योगदान के हुनेछ ?’ न्याय सम्पादनमा देखिएको ढिलाइ र असमान पहुँचको विषय पनि अर्यालले उठाउनुभयो । पहुँच र प्रभाव भएका व्यक्तिका मुद्दा छिटो फैसला हुने तर सर्वसाधारणका मुद्दा २० देखि ३० वर्षसम्म पनि टुङ्गो नलाग्ने अवस्था अन्त्य गर्न पाण्डेको ठोस योजना माग गर्नुभयो । न्यायका लागि अदालत पुगेका सर्वसाधारणले दशकौँसम्म फैसला पर्खिनुपर्ने अवस्था दुःखद् भएको उल्लेख गर्दै उहाँले न्यायमा समान पहुँच, शीघ्र फैसला र फैसला कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । न्यायिक सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म न्याय पुर्‍याउने र न्याय सम्पादनमा देखिएका विभेद अन्त्य गर्ने विषयमा पनि उहाँले पाण्डेको कार्ययोजना माग गर्नुभयो । समग्रमा न्यायालय सुधारका लागि समस्या पहिचानमा मात्रै सीमित नभई कार्यान्वयन गर्न सकिने स्पष्ट र परिणाममुखी प्रतिबद्धता आवश्यक रहेको अर्यालको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस
Latest NewsJust now

काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरमा भइरहेको १८औँ खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ, जससँगै काठमाडौं गोर्खाजले ब्याटिङ गर्ने निम्तो पाएको छ। ...

केन्द्रबिन्दु
तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद
Latest NewsJust now

तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भित्र्याइएका पटका बरामद ग... ...

गोरखापत्र
काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES
Latest NewsJust now

काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार हुने खेलमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु र लुम्बिनी भिड्ने भएका हुन्... ...

रातोपाटी
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
Latest NewsJust now

आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून

आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । तर अस्पताल सञ्चालन भएको चार वर्ष पुग्न लाग्दासमेत चिकित्सालयमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play