Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सन् २०२४ को जनविद्रोहपछि पदच्युत भई भारतमा निर्वासित जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी महिना स्वदेश फर्कने बताएकी छिन् । अमेरिकी सञ्चारमाध्यम द एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्,‘यदि मृत्यु नै मेरो भाग्य हो भने, म विदेशी भूमिमा भन्दा आफ्नै देशको माटोमा, आफ्नै मानिसहरूको माझमा मर्न चाहन्छु ।’ विद्यार्थीको नेतृत्वमा भएको रक्तपातपूर्ण प्रदर्शनका कारण सत्ता छाड्न बाध्य भएकी हसिना त्यसयता भारतमा शरण लिएर बसिरहेकी छिन् । सन् २०२५ मा बङ्गलादेशको एक विशेष न्यायाधिकरणले प्रदर्शनकारीमाथि भएको घातक दमनमा उनलाई जिम्मेवार ठहर गर्दै मानवता विरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार उक्त हिंसामा करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । हसिनाले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएको छ । बङ्गलादेशले बारम्बार हसिनाको सुपुर्दगीको माग गरे पनि भारतले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । विगतमा पनि स्वदेश फर्किने इच्छा व्यक्त गरेकी हसिनाले यसपटक पनि आफ्नो निर्णय नबदलिएको बताइन् । स्वदेश फर्किँदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको उनको भनाइ छ। हसिनाको शासनकालपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले देशमा नयाँ चुनाव गरेका थिए । गत फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाका राजनीतिक प्रतिद्वन्द्वी खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेशनल पार्टी (बीएनपी) विजयी भएको थियो । अहिले रहमान बंगलादेशको प्रधानमन्त्री छन् । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई भने प्रतिबन्ध लगाइएको थियो । यस दलमाथिको प्रतिबन्ध अझै खुलेको छैन । पार्टीका शीर्ष नेताहरू जेल वा निर्वासनमा छन् । हसिनाले आफ्ना हजारौँ कार्यकर्ता मारिएको र बाँचेकाहरुले दमन सहनुपरेको आरोप लगाएकी छिन् । साथै, बङ्गलादेशमा हालका वर्षहरूमा उग्रवादी तथा अतिवादीहरूको प्रभाव बढ्दै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । बंगलादेशको प्रधानमन्त्रीको कार्यालयले भने यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
Latest NewsJust now

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि... ...

रातोपाटी
हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Latest NewsJust now

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।    ...

नेपालखबर
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
Latest NewsJust now

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई... ...

सिंहदरबार न्युज
कालीमाटीमा महँगियो प्याज
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहित केही तरकारीको भाउ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play