काठमाडौं । काठमाडौंसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्राकृतिक सुन्दरताका लागि मात्रै नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुङ्गी तथा रंगीचंगी पुतलीहरू पाइन्छन्। निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने कुल ६३० प्रजातिका पुतलीमध्ये १२४ प्रजाति शिवपुरी क्षेत्रमा पाइन्छन्। विभिन्न रंग र आकारका पुतलीहरूले यहाँको प्राकृतिक वातावरणलाई थप आकर्षक बनाएका छन्। हरियाली वन, स्वच्छ वातावरण र मनोरम पदमार्गका कारण शिवपुरी हाइकिङ तथा प्रकृति अवलोकनका लागि लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। यहाँ पुग्ने प्रकृतिप्रेमी तथा पदयात्रीले वनको सुन्दरतासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र पुतलीहरूको अवलोकनसमेत गर्न सक्छन्। काठमाडौंको कोलाहलबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि शिवपुरी महत्वपूर्ण गन्तव्य बनेको छ। यहाँको जैविक विविधता र प्राकृतिक सुन्दरताले यस क्षेत्रको पर्यटकीय आकर्षणसमेत बढाएको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
शिवपुरी राष्ट्रिय निकुञ्जमा १२४ प्रजातिका पुतली, प्रकृतिको सुन्दर दृश्य (तस्बिरहरू)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





