Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

शिक्षामन्त्री पोखरेल पुगे टर्कीका विद्यालयमा, बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षामन्त्री पोखरेल पुगे टर्कीका विद्यालयमा, बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् । एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका हुन् । अवलोकनका क्रममा मन्त्री पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सूक्ष्म जानकारी लिएका थिए । विद्यालय भ्रमणको क्रममा दुवै देशका शिक्षामन्त्रीहरू एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) पुगेका थिए । उक्त अवलोकन भ्रमणमा दुवै देशका मन्त्रीहरूसँगै टर्कीको सत्तारुढ दल एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडी लगायतका अन्तर्राष्ट्रिय निकायका उच्च प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। अवलोकनका क्रममा मन्त्री पोखरेलले औपचारिक कक्षाकोठाको सिकाइभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राखेका थिए । उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला (वर्कशप) तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाहरूले तयार पारेका ‘शून्य फोहोर’ परियोजना, पुनः प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउस (नर्सरी) मा गोलभेँडा लगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिएका थिए । सोही अवसरमा टर्किस शिक्षामन्त्री तेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँग संवाद गर्दै पूर्व-प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक-विद्यालय सहकार्यका अभ्यासबारे समेत छलफल गरेका थिए । भ्रमणका क्रममा बालविकास केन्द्रका साना विद्यार्थीहरूले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गरेका थिए । दुवै देशका शिक्षामन्त्रीहरूले बिरुवा रोपिरहेका तथा सांस्कृतिक प्रस्तुति दिने बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारीसमेत गरेका थिए । टर्कीको व्यावहारिक ‘हरित विद्यालय’ र बालविकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना जगाउन सके नयाँ पुस्ता स्वतः वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राखे । नेपालमा पनि पूर्व-प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरि काम भइरहेको मन्त्री पोखरेलले बनाए, जसमा टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने निष्कर्ष उनको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसको देउवा समूहले डा.कार्कीलाई बनायो प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्ष
Latest NewsJust now

कांग्रेसको देउवा समूहले डा.कार्कीलाई बनायो प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्ष

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा.अमितसिंह कार्कीलाई मनोनित गरेको छ । समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले प्रजातन्त्रवादी चिकित्सक... ...

रातोपाटी
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play