Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते
Photo / Coverage: केन्द्रबिन्दु

किएभ । युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् । युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन् । गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो । शान्ति पहललाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन् । राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार, रातभरि किएभमा भएका रुसी क्षेप्यास्त्र आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ । आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा थप अवरोध सिर्जना भएको छ । किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताएका छन् । उनले राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको र त्यसबाट सहरको ताप तथा खानेपानी आपूर्ति प्रणाली प्रभावित भएको जानकारी दिएका छन् । यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा उद्धार तथा पुनःस्थापनाका काम जारी छन् । सोमबार उक्त गाउँमा रुसी निर्देशित बमहरू पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा खस्दा ठूलो क्षति भएको थियो । आक्रमणका बेला स्थानीय बासिन्दाहरू त्यहाँ मानवीय सहायताको प्रतीक्षामा थिए । सहायता वितरण केन्द्रका रूपमा प्रयोग भइरहेको पूर्वविद्यालय भवनमा भएको उक्त आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ मानिस अझै बेपत्ता छन् । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ह्वाइट हाउसमा ट्रम्पले मनाए दीपावली, भारतीय उद्यमीले दिए हनुमान चालिसा उपहार
Latest NewsJust now

ह्वाइट हाउसमा ट्रम्पले मनाए दीपावली, भारतीय उद्यमीले दिए हनुमान चालिसा उपहार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । दीपावलीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले ओभल अफिसमा दीप बालेर समारोहको सुरुवात गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार कार्यक्रममा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, सेलिब्रिटी सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका प्रमुख कार्यकारी […] ...

लोकपथ
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन
Latest NewsJust now

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी ...

कान्तिपुर
लुम्बिनी लायन्सविरुद्ध वार्नरको अर्धशतक
Latest NewsJust now

लुम्बिनी लायन्सविरुद्ध वार्नरको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले सानदार सुरुआत गरेको छ। काठमाडौंका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्। एनपीएलमा वार्नरको यो पहिलो अर्धशतक हो। लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तीमा विना कुनै विकेटको क्षतिमा ९० रन बनाएको छ। क्रिजमा रहेका डेभिड वार्नरले ३४ बलमा ८ चौका र १ छक्काको ...

केन्द्रबिन्दु
रसुवा बाढीमा बेपत्ता ७४ जनाको सिफारिस
Latest NewsJust now

रसुवा बाढीमा बेपत्ता ७४ जनाको सिफारिस

यज्ञप्रसाद सापकोटा बर्दिया, कार्तिक २१ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा परी बर्दियाका बेपत्ता भएका व्यक्तीको विवरणसहित राष्ट्रिय विपत् जोखिम तथा व्यवस्थापन प्राधिकरणमा स... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play