Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

शाओमीको उपहार योजना विजेता घोषित

Share:WhatsAppFacebookX (Twitter)Telegram
शाओमीको उपहार योजना विजेता घोषित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । शाओमी नेपालले चाडपर्व थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रिडे, बम्परमा थाइल्याण्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गर्दै आएको छ । योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ । योजनाअनुसार दैनिकरूपमा आठ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिकरूपमा १० विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नुका साथै योजनाको बम्पर उपहारअन्तर्गत चार भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्याण्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । विशेषगरी रेडमी नोट १५ सिरिज प्रवर्द्धन गर्दै सञ्चालन गरिएको योजनाले ग्राहकलाई टाइटन टफ प्रविधिसहितको स्मार्टफोन खरिदमा आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ । साथै, ग्राहकले शून्य इएमआई सुविधामा समेत शाओमीका स्मार्टफोन खरिद गर्न सक्नेछन् । योजना २५ नोभेम्बरसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति त्रिवि शिक्षण अस्पतालमै पुगेर डा केसीसँग सहमति गरेका हुन्। डा. केसीको अनशन तोडिएपछि मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको दाबी ...

केन्द्रबिन्दु
डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन
Latest NewsJust now

डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री... ...

रातोपाटी
अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट
Latest NewsJust now

अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  हिजो पनि यी सबै मुदाको भाउ घटेको थियो।   आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play