Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

शरद् ऋतुमा हिमाल आरोहणका लागि एक हजार ६३३ जनालाई अनुमति, ३३ करोड राजश्व सङ्कलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरद् ऋतुमा हिमाल आरोहणका लागि एक हजार ६३३ जनालाई अनुमति, ३३ करोड राजश्व सङ्कलन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ५० हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरिएको हो । विभागका सूचना अधिकारी सुरज घिमिरेले शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १९० टोलीलेलाई अनुमति प्रदान गरिएको जानकारी दिए । अनुमति लिएकामा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् । अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका आरोही रहेका छन् । विभागका अनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रसियाका १२४, बेलायतका ११२, जर्मनीका १०२, नेपालका ९०, स्पेनका ५६, स्वीट्जरल्याण्डका ५२, अष्ट्रेलिया ४६ र चेक रिपब्लिकाका ४२ आरोही रहेका छन् । विभागले विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत सरकारले ३३ करोड ४२ लाख ८६ हजार हजार ६१७ राजश्व सङ्कलन गरेको छ । उक्त राजश्व अगस्ट अन्तिम हप्तादेखि उठ्न थालेको हो । आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ । विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको छ । यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोहीले अनुमति लिएका छन् । उनीहरुबाट विभागले ७९ लाख ७४ हजार २० रोयल्टी सङ्कलन गरेको हो । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले सात करोड १३ लाख ४७ हजार १०० राजस्व सङ्कलन गरेको छ । यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement