Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’
Photo / Coverage: पर्दाफास

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रूपमा कम भएको उनीहरूको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मूल्यवृद्धि भएको हो । विशेष गरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए। उनका अनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए । उनले भने, ‘यसपालि भाइ मसलाको मूल्य बढेको छ । अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०-१५ दिन अगाडि थियो । यसपालि तिहार १०-१५ दिन पछाडि पर्‍यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ । केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन । पोहोर साल भन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ । नरिबल, ओखरमा एक/डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो । ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन । १ किलो मसाला लिने मान्छेले आधा किलो, आधा किलो ग्राहकले २०० ग्राम, १०० ग्राम भए पनि लगेर काम चलाइरहेको छ । सबैलाई चाहिने, भाइतिहारमा भाइहरूलाई पूजा गर्ने, मसला दिने पहिलेदेखि पुरानो चलन चलिआएको हो । त्यो भएको हुनाले अब व्यापार त ठीकठीकै छ भन्नुपर्छ, त्यस्तो कुनै नराम्रो पनि भन्न मिल्दैन । तर मान्छेहरूले प्राइसको कारण एफोर्ड गर्न नसकेर खपत कम भएको छ । काम चलाउका लागी मात्रै लगिरहेका छन् ।’ तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिए पनि व्यापार सन्तोषजनक रहेको उनको भनाई छ । ढाकाटोपीको विक्री भने उत्साहजनकयस्तै, तिहारमा ढाकाटोपीको विक्री भने उत्साहजनक रहेको व्यवसायीहरूको भनाई छ । तिहारमा दाजुभाईलाई ढाका टोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ । ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाका टोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यु-१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
OthersJust now

यु-१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ ...

पर्दाफास
देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री
OthersJust now

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ...

अनलाइन खबर
विधिपूर्वक गरियो गोवर्धन पूजा
OthersJust now

विधिपूर्वक गरियो गोवर्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवर्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने चलन छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्धन पूजा प्रतिपदाका दिन ...

पर्दाफास
भारतसँग खेल्ने यु–१९ नेपाली महिला टोली घोषणा
OthersJust now

भारतसँग खेल्ने यु–१९ नेपाली महिला टोली घोषणा

भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play