काठमाडौं । पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरुले जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बताएका छन् । पोखराविरुद्धको खेलमा ह्याट्रिक सहित ६ विकेट लिएका लामिछानेले टीमलाई महत्वपूर्ण २ अंक प्राप्त गर्नका लागि जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बताएका हुन् । उनले आफ्नो लागि व्यक्तिगत कीर्तिमानी भन्दा टीमको जित निकै महत्वपूर्ण रहेको उल्लेख गरे । ह्याट्रिक बलिङ गर्दा आफूलाई त्यसबारे सुरुमा पत्तो नभएको र टीमका साथीहरुले आएर भनेपछि मात्रै थाहा पाएको उनको भनाइ छ । कति विकेट लियो भन्दा पनि कुन परिस्थितिमा र कस्तो समयमा बलिङ गरियो भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । खेलमा अन्य बलरहरूले अर्को इन्डबाट दबाब सिर्जना गरिदिएका कारण आफूलाई बलिङ गर्न निकै सहज भएको र यो एक उत्कृष्ट टिम गेमको उदाहरण बनेको लामिछानेको भनाइ छ ।
व्यक्तिगत कीर्तिमानीभन्दा टीमको जित निकै महत्वपूर्ण -सन्दीप लामिछाने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![एनपीएल हेर्न त्रिवि मैदानमा भारतीय पूर्वक्रिकेटर इर्फान पठान [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/npl-irphan-pathan-83-7-26.jpg)


