Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Photo / Coverage: पर्दाफास

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राजीनामा दिएका छन् । यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको थियो । नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै ,सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री यादवले राजीनामा दिएसंगै सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की
OthersJust now

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार… ...

अनलाइन खबर
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत
OthersJust now

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् । ...

अनलाइन खबर
लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा
OthersJust now

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई,… ...

अनलाइन खबर
पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
OthersJust now

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

२८ कात्तिक, भद्रपुर (झापा) । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गएिकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो । शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play