काठमाडौं । विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा रहेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ। सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ पुगेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको सूचकांक २५६ छ। त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा रहेका छन्। आईक्यूएयरको तथ्यांकले काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको देखाएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू प्रदूषणको उच्च जोखिममा रहन्छन्।
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






