Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विशेष महाधिवेशनलाई बदनाम गर्न सरकारले भ्रम फैलाएको कांग्रेसको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
विशेष महाधिवेशनलाई बदनाम गर्न सरकारले भ्रम फैलाएको कांग्रेसको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिकता विवादमा सरकारले नियोजित रूपमा भ्रम फैलाएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको शीर्ष नेताहरूको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको निश्चित गृहबाट प्रायोजित रूपमा भ्रम फैलाउने काम भइरहेको दाबी गरेका हुन् । शर्माले कांग्रेसको विशेष महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक गरिएका विषयहरू असत्य भएको जिकिर गरे । उनले आर्थिक चलखेलको आरोपलाई प्रायोजन गर्ने ढङ्गले बजारमा ल्याउनु महाधिवेशन प्रतिनिधिहरूको अपमान भएको बताए । ‘आर्थिक चलखेल भएको कुरालाई प्रायोजन गर्ने ढङ्गले बजारमा लगिनु भनेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको अपमान हो,’ उनले भने । शर्माका अनुसार पार्टी विधानको धारा १७ (२) बमोजिम महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको हो । त्यसपछि पार्टीको १५औँ महाधिवेशन प्रक्रिया पूरा भएको र निर्वाचन आयोगले त्यसलाई अद्यावधिक गरिसकेको उनले बताए । ‘विशेष महाधिवेशनपछि संवैधानिक निकाय निर्वाचन आयोगले अद्यावधिक गर्‍यो । अहिले यसरी प्रश्न उठाइनु भनेको निर्वाचन आयोगको पनि अपमान हो,’ शर्माले भने । पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतसम्म पुगेको र लामो बहसपछि सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सही ठहर गरेको उनको दाबी छ । यस्तो अवस्थामा आर्थिक चलखेलको आरोप लगाएर करोडौँको कथा फैलाउनु निर्वाचन आयोगको अनादर र सर्वोच्च अदालतको अवहेलना भएको उनले टिप्पणी गरे । कांग्रेसको १५औँ महाधिवेशन सात हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न भएको उल्लेख गर्दै शर्माले त्यसबाट निर्वाचित कार्यसमिति विधि र प्रक्रियाअनुसार अघि बढिरहेको बताए । पत्रकार सम्मेलनमा शर्माले सञ्चारमाध्यममाथि भइरहेको दबाब र त्रासप्रति पनि आपत्ति जनाए । सञ्चारगृहको गेटमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन गर्न निर्देशन दिएको प्रसंग उल्लेख गर्दै उनले सरकारको कदम र कार्यशैलीमाथि प्रश्न उठाए । सरकारले सञ्चारमाध्यममाथि अनुचित दबाब बढाउनुका साथै विपक्षी दललाई बदनाम गर्न तथ्यहीन आरोप फैलाउने काम गरेको उनको आरोप थियो । उनले यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनीसमेत दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली
Latest NewsJust now

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्। पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका... ...

रातोपाटी
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व
Latest NewsJust now

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो । ...

कान्तिपुर
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
Latest NewsJust now

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

म्याग्दी। म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म... ...

रातोपाटी
आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प
Latest NewsJust now

आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प

सरकारले एक वर्ष नपुग्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै प्रहरी प्रमुखको जिम्मेवारी मनोजकुमार केसीलाई दिएको छ।  गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्। बुधबार साँझै दर्ज्यानी चिह्न लगाएलगत्तै नवनियुक्त आईजीपी केसीले बदबहाली गरिसकेका छन्।  प्रधानमन्त्री वा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play