Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन यहाँबाट आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो । टोलीले अयोध्या पुगेर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भगवान् श्रीरामको जन्मभूमिका बासिन्दा तथा धार्मिक अगुवालाई औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । निमन्त्रणासँगै विवाह पञ्चमीमा जनकपुरधाममा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराइने उनले बताए । जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताए । उनले राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको जानकारी दिए । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक मान्यतासँग जोडिएको परम्परालाई पुनःजीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको उनको भनाइ छ । टोलीले विवाह पञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ । मिथिलाको वैवाहिक संस्कारमा बेहुलापक्षलाई सम्मानपूर्वक भार तथा उपहार पठाउने परम्परा रहिआएको छ । जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवका क्रममा राम–सीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभविवाह, रामकलेवा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन् । विवाह पञ्चमी महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत तथा विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
Latest NewsJust now

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएपछि मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले... ...

रातोपाटी
इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय
Latest NewsJust now

इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय

इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी... ...

रातोपाटी
सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद
Latest NewsJust now

सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, मंसिर १२ गते । झापा र इलामको सीमा क्षेत्रमा पर्ने झापाको मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बराम... ...

गोरखापत्र
भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग
Latest NewsJust now

भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग

नयाँ दिल्ली । नेपाली समाज भारतले भारतस्थित नेपाली नागरिकका हक–अधिकार, सुरक्षा, सामाजिक संरक्षण तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका लागि १० बुँदे मागसहित नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ । समाजका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement