Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ३ किलो ५०० ग्राम गाँजासहित भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार विमानस्थलबाट बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार सलमान नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। काठमाडौं विमानस्थलमा ओर्लिएपछि उनी थाइल्यान्डबाट आएको गाँजा राखिएको लगेज बुझेर बाहिरिँदै थिए। सोही क्रममा ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा थाइल्यान्डबाट गाँजा बोकेर आएको विमानको आगमन समयसँग मिलाएर सलमान दिल्लीबाट काठमाडौं आएको खुलेको छ। थाइल्यान्डबाट पठाइएको गाँजा राखिएको लगेज विमानस्थलबाट बुझ्ने जिम्मेवारी उनले लिएको हुन सक्ने प्रहरीको आशंका छ। पक्राउ परेका सलमानमाथि थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनले गुमायाे दाेस्राे विकेट
Latest NewsJust now

चितवनले गुमायाे दाेस्राे विकेट

काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले दाेस्राे विकेट गुमाएकाे छ । चितवनले दाेस्राे विकेटकाे रूपमा सिकन्दर राजालाई गुमाएकाे हाे । उनी ४ बलमा... ...

रातोपाटी
के ओकासियो–कोर्टेज लाग्लिन् २०२८ को अमेरिकी राष्ट्रपतिको दौडमा ?
Latest NewsJust now

के ओकासियो–कोर्टेज लाग्लिन् २०२८ को अमेरिकी राष्ट्रपतिको दौडमा ?

वासिङ्टन डीसी । अमेरिकाको प्रगतिशील वामपन्थी राजनीतिमा प्रभावशाली मानिने डेमोक्रेटिक सोसलिस्ट समूहले सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन सांसद एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) लाई आग्रह गरेको छ । डेमोक्रेटिक सोसलिस्ट्स अफ... ...

रातोपाटी
विपत्ति चिर्दै 'कन्ट्री रेटिङ'मा स्थिर बन्यो नेपाल, स्तरोन्नति हुन केले रोक्यो ?
Latest NewsJust now

विपत्ति चिर्दै 'कन्ट्री रेटिङ'मा स्थिर बन्यो नेपाल, स्तरोन्नति हुन केले रोक्यो ?

काठमाडौँ। नेपालको ‘बीबी–माइनस’ कन्ट्री रेटिङले निरन्तरता पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी 'फिच'ले २०२६ नोभेम्बर १२ (बिहीबार) मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले पछिल्लो २ पटकको जस्तै रेटिङ पाएको हो। फिचको... ...

रातोपाटी
जोर्डनमा चर्चमा आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड
Latest NewsJust now

जोर्डनमा चर्चमा आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड

जोर्डन । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोली काण्डमा संलग्न तीन जनालाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला सुनाएको छ । गत अक्टोबर २३ मा देशको दक्षिणी क्षेत्र कराकस्थित सेन्ट जर्ज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play