Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा
Photo / Coverage: केन्द्रबिन्दु

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन् । गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिइन् । “अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैअघिनै सञ्चालनमा आएका थिए,” उनले भनिन्, “भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत सकिएपछि सबै बस्ति सडक सञ्जालसँग पुनः जोडिएका छन् ।” सडक यातायात पुनःसञ्चालन भएपछि विपद्बाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनःनिर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । पाउद्धार देखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले बताइन् । अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । साठी घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । निजी आवास भत्किएर र जोखिमका कारण तीन सय परिवार प्रभावित भएका उपाध्यक्ष तिलिजाले बताइन् । विपद् प्रभावित निजी आवास र सार्वजनिक भौतिक संरचना पुननिर्माणलाई तिब्रता दिने गरी तयारी गरिएको उनले बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
Latest NewsJust now

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । ...

नेपालबहस
धान बिक्रीको पर्खाइमा किसान
Latest NewsJust now

धान बिक्रीको पर्खाइमा किसान

बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन। लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९... ...

रातोपाटी
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
Latest NewsJust now

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट करिब २५ लाख बरामद गरेको छ । The post जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान इजरायल पुग्यो, अवतरणको उद्देश्य खुल्न बाँकी
Latest NewsJust now

अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान इजरायल पुग्यो, अवतरणको उद्देश्य खुल्न बाँकी

काठमाण्डु – अमेरिकाको प्रतिबन्धमा रहेको रुसी रक्षा मन्त्रालय अन्तर्गतको एउटा सैन्य विमान इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उडान अनुगमनसम्बन्धी वेबसाइट फ्लाइटराडार २४ को तथ्यांकअनुसार रुसी रक्षा मन्त्रालयको २२३औँ उडान इकाइअन्तर्गत रहेको टुपोलेभ टीयु–१५४एम विमान आईतबार साँझ इजरायल पुगेको हो । आरए–८५०४२ दर्ता नम्बर रहेको विमान मस्को नजिकैको च्कालोभ्स्की सैन्य […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play