Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

विपद्को पूर्वसूचना दिन नयाँ प्रविधि परीक्षण गर्दै सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को पूर्वसूचना दिन नयाँ प्रविधि परीक्षण गर्दै सरकार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकामा ‘सेल ब्रोडकास्ट प्रणाली’को परीक्षण गर्ने भएको छ। परीक्षणका क्रममा उपत्यकाका केही मोबाइल प्रयोगकर्ताको सेटमा आपतकालीन सतर्कता सन्देश र आवाजसमेत आउन सक्ने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ। सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै मोबाइलमा परीक्षण सन्देश प्राप्त भए कुनै कदम चाल्न आवश्यक नरहेको स्पष्ट पारेका छन्। ‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण गरिरहेका छन्। परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस्। कुनै कदम चाल्नु पर्दैन,’ संयुक्त सूचनामा भनिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणालीको परीक्षण भइरहेको छ। परीक्षणका क्रममा सीमित उपभोक्ताको मोबाइलमा मात्रै सन्देश पुग्न सक्ने उनले बताए। परीक्षणकै क्रममा सन्देश प्राप्त हुन सक्ने भएकाले नआत्तिन उनले आग्रह गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार
Latest NewsJust now

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार

वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय

PMO Nepal नेपाल र भारतले हाल प्रयोगमा रहेको काठमाण्डू-भैरहवा-लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति भएको बताएका छन्।नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनको दुईदिने राजकीय भ्रमणका क्रममा दिल्लीमा दुई देशका नेताहरूबीच उक्त सहमति भएको ...

बीबीसी नेपाली
विपद्को पूर्वसूचनाका लागि ‘सेल ब्रोडकास्ट’ प्रविधि परीक्षण हुँदै
Latest NewsJust now

विपद्को पूर्वसूचनाका लागि ‘सेल ब्रोडकास्ट’ प्रविधि परीक्षण हुँदै

• नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ प्रविधिको परीक्षण गरिँदै, जसले जोखिम क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सक्नेछ। • यो प्रविधिले बाढी, पहिरो, भूकम्प जस्ता विपद्को बेला छिटो र प्रभावकारी रूपमा पूर्वसूचना पुर्याउने अपेक्षा गरिएको छ। • परीक्षण प्रारम्भिक चरणमा रहेको र यसपछि थप व्यापक परीक्षण गरी प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिनेछ। ...

नेपालबहस
भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?
Latest NewsJust now

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल आउने जहाजलाई नेपाली आकाशमा छिर्दा दिइने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement