Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विनितालाई ‘मिसेस नेपाल वर्ल्ड-२०२६’को ताज

Share:WhatsAppFacebookX (Twitter)Telegram
विनितालाई ‘मिसेस नेपाल वर्ल्ड-२०२६’को ताज
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधि नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले चुम्नुभएको छ । रिवन इन्टरटेनमेन्टद्वारा शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उक्त उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गर्नुभएको छ । अधिवक्तासमेत रहनुभएकी उहाँले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाउनुभएको छ । उहाँले प्रतियोगितामा वेष्ट पर्सनालिटीको उपाधिसमेत जित्नुभयो । प्रतियोगितामा नेहा गुप्ता फष्ट रनर्सअप हुनुभयो । उहाँले रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइसको उपाधिसमेत प्राप्त गर्नुभयो । ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअप घोषित हुनुभयो । खनालले वेष्ट फिजिकको उपाधिसमेत जित्नुभयो । यसैगरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल-२०२६, क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो-२०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल-२०२६ घोषित हुनुभयो । यी तीनै उपाधिका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल तथा एमएस इन्टरनेसनलका विजेताले सिंगापुर र मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधिबाट सम्मान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले बताउनुभयो । निरुताको सम्मानमा उहाँले अभिनय तथा नृत्य गरेका चलचित्रका गीतमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह मञ्चमा सहभागी भई नृत्य गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधाका उपाधि पनि वितरण गरिएको थियो । सन्ध्या लामाले अर्ना मोष्ट इनर्जेटिक, सुष्मा थापाले निभिया फ्याबुलस फेस तथा केडी फोटोग्राफी मोष्ट फोटोजेनिक, अञ्जु परियारले मोष्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जनले वेष्ट हेयर, दीप्ति ढुंगेलले हेल्दी स्किन र क्रिष्टिना ज्ञवालीले वेष्ट र्‍याम्प वाकको उपाधि जित्नुभयो । त्यस्तै, ऋचा शर्मा मोष्ट पङ्चुअल, समीक्षा रानाभाट वेष्ट स्माइल, श्वेच्छा पौड्याल मोष्ट डिसिप्लिन्ड, कञ्चन महर्जन फेसन आइकन, बिन्दु थापा राणा मोष्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी र सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन घोषित हुनुभयो ।विजेताहरूलाई मिसेस वर्ल्ड-२०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा उपाधि प्रदान गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटो पार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड-२०२४ की विजेता डा.डेनिला कार्की रहनुभएको थियो । अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सहकोरियोग्राफीमा सम्पन्न कार्यक्रम गंगा महर्जन र विन्दिया श्रेष्ठले संयोजन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सेसेमी लिम्बु र सोफिया भुजेलले गर्नुभएको थियो । आयोजकका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
Latest NewsJust now

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्। १७... ...

रातोपाटी
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
Latest NewsJust now

तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका सम... ...

गोरखापत्र
यस्तो छ आजको मौसम
Latest NewsJust now

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसको कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ...

केन्द्रबिन्दु
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
Latest NewsJust now

बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ

मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play