Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

विद्युत् चुहावटमा कमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् चुहावटमा कमी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२÷८३ मा विद्युत् चुहावटलाई १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सो अवधिमा भने १२ दशमलव १६ प्रतिशतमा झर्न सफल भएको हो । प्राधिकरणका अनुसार चोरी, मर्मतसम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत् चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्या आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो । विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारको तथ्याङ्क हेर्दा दक्षिण एसियामा औसतमा १३ दशमलव आठ प्रतिशत चुहावट रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय समिति बैठकमा ४९ सदस्यले राखे धारणा
Latest NewsJust now

कांग्रेस केन्द्रीय समिति बैठकमा ४९ सदस्यले राखे धारणा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय (बीपी स्मृति भवन)... ...

रातोपाटी
उद्योग दिवसमा भोजपुरका दुई उद्यमी र एक कर्मचारी सम्मानित
Latest NewsJust now

उद्योग दिवसमा भोजपुरका दुई उद्यमी र एक कर्मचारी सम्मानित

भोजपुर । १२ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा भोजपुरमा दुई उद्यमी र एक कर्मचारीलाई सम्मान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बुधवार सफल उद्यमी र कर्मचारीलाई सम्मान गरेको हो । भोजपुर नगरपालिका वडा नम्वर ३, दाँवाका टंकमाया खडका र वडा नम्वर ४, दाँवाकै चन्द्र प्रसाद पाण्डेलाई उद्यमी र कार्यालयका कार्यलय सहयोगी पदम प्रसाद कोइरालालाई सम्मान गरिएको छ । हिमगंगा अलैची ...

हिमालय टाइम्स
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
Latest NewsJust now

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान... ...

रातोपाटी
सञ्चारमन्त्रीले गरे प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रको निरीक्षण
Latest NewsJust now

सञ्चारमन्त्रीले गरे प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रको निरीक्षण

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन्। सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे आज... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement