Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीमाझ जर्मनीको आकर्षण तीव्र गतिमा बढिरहेको छ । विश्वका प्रमुख अंग्रेजीभाषी देशहरूमा विदेशी विद्यार्थीको संख्या घटिरहेका बेला जर्मनीमा भने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)को पछिल्लो प्रतिवेदनअनुसार, सन् २०२५ मा जर्मनी आउने विदेशी विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार, उक्त वर्ष विश्वभरबाट करिब ७४ हजार विद्यार्थी अध्ययनका लागि जर्मनी पुगेका थिए । पछिल्लो ६ वर्षमा जर्मनीमा विदेशी विद्यार्थीको संख्या झन्डै दोब्बर भएको छ । विदेशी विद्यार्थी आकर्षित गर्ने मामिलामा अस्ट्रिया र इटालीले पनि प्रगति गरेका छन् । शिक्षा प्रणालीसम्बन्धी समस्यालाई लिएर विरोध प्रदर्शन भइरहेका बेला पनि फ्रान्सले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न सफल भएको प्रतिवेदनले देखाएको छ । यसको विपरीत, लामो समयदेखि विदेशी विद्यार्थीका प्रमुख गन्तव्य मानिँदै आएका अमेरिका र क्यानडामा विद्यार्थीको संख्या उल्लेख्य रूपमा घटेको छ । प्रतिवेदनअनुसार, क्यानडामा विदेशी विद्यार्थीको संख्या ५७ प्रतिशत र अमेरिकामा ३३ प्रतिशतले घटेको छ । ओईसीडीका ३८ सदस्य राष्ट्रमा समग्र रूपमा विदेशी विद्यार्थीको संख्या घटेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा यी देशमा करिब १९ लाख विदेशी विद्यार्थी अध्ययनका लागि पुगेका थिए भने सन् २०२५ मा यो संख्या घटेर १६ लाखमा झरेको थियो । सन् २०२३ यता विदेशी विद्यार्थीको संख्या निरन्तर घटिरहेको प्रतिवेदनले देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play