Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

वार्नरको अर्धशतकमा काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
वार्नरको अर्धशतकमा काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेकाे छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हाे । इनिङ्सको सुरुआतमा ओपनरद्वय साहिल पटेल र डेभिड वार्नरले उत्कृष्ट साझेदारी गर्दै पहिलो विकेटका लागि १०४ रन जाेडेका थिए। साहिल पटेलले ३६ बलमा ३८ रन बनाए भने डेभिड वार्नरले ५० बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६६ रनको उत्कृष्ट पारी खेले। एनपीएलमा वार्नरको यो पहिलो अर्धशतक हो। त्यसैगरी, सहर अराचचिगेले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३ चौका र १ छक्काको मद्दतले नटआउट ३४ रन जोडे। कप्तान करण केसीले ९ रन बनाए भने अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक छुन सकेनन्। लुम्बिनी लायन्सतर्फ बलिङमा शेर मल्ल, रुबेन ट्रम्पेलम्यान र अभिशेष गौतमले उत्कृष्ट प्रदर्शन गर्दै समान २-२ विकेट हात पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
Latest NewsJust now

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न... ...

रातोपाटी
राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार
Latest NewsJust now

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ । ...

कान्तिपुर
अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी
Latest NewsJust now

अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play