काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो । जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए । लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २/२ विकेट हात पारे । चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा छ ।
वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






