Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौं महानगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौं महानगर
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन् । मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण गरिने जानकारी दिइन् । उनका अनुसार आगामी मंसिर गते बिहान ६ बजे पूजाआजासहित उक्त भवनको शिलान्यास गरिनेछ । उनले भनिन्, ‘आज म यहाँहरूको माझ घोषणा गर्न चाहन्छु, काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास बनाउँदै छ । यहाँहरूले देख्न सक्नुहुन्छ, त्यहाँ टेन्ट लागेको छ, त्यससँगै रहेको जग्गामा निवास निर्माण हुँदै छ । त्यसको ड्रइङ पनि हेर्न सक्नुहुन्छ । आगामी ५ गते बिहान ६ बजे पूजाआजासहित शिलान्यास गर्नेछौँ । आज यहाँहरू सबैलाई सामूहिक रूपमा निमन्त्रणा पनि दिन चाहन्छु ।’ डंगोलले नेपाल संवत् आन्दोलनले सांस्कृतिक जागरणसँगै राजनीतिक परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताइन् । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने र सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले अभियान सुरु भएको उनको भनाइ थियो । उनले भनिन्, ‘आज हामीले ¥यालीमा सबैभन्दा बढी नयाँ पुस्तालाई बाजागाजा र आफ्नो मौलिक पोशाकमा देखिरहेका छौँ । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रियकरण गर्नुपर्छ, राष्ट्रिय स्तरमा यसको मूल्य र मान्यता हुनुपर्छ भन्ने उद्देश्यका साथ यसलाई पुनर्जीवित बनाउन अभियान सुरु भएको थियो ।’ उनले नेपाल संवत् आन्दोलन सुरु गर्ने स्वर्गीय पद्मरत्न तुलाधर र यसै वर्ष निधन भएका स्वर्गीय दुर्गालाल श्रेष्ठलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । साथै अभियानलाई निरन्तरता दिन सहयोग गर्ने अग्रजहरूप्रति आभार व्यक्त गरिन् । डंगोलले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई सामाजिक उत्तरदायित्व र परोपकारको उदाहरणका रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘शंखधर साख्वा नेपाल संवत्का संस्थापक मात्र होइन, समाजप्रतिको उत्तरदायित्व र परोपकारको प्रतीक पनि हुनुहुन्छ । व्यक्तिको महानता जीवनमा कति कमायौँ भन्ने कुराले होइन, समाजलाई कति दिन सक्यौँ र सकारात्मक परिवर्तनका लागि के योगदान गर्न सक्यौँ भन्ने कुराले मापन हुनुपर्छ ।’उनले लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्ने बताउँदै स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा नागरिकमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् । काठमाडौं महानगरपालिकाले स्वास्थ्य आपत्कालीन सेवाका लागि बाइक एम्बुलेन्स सुरु गरेको र ४३ महिनासम्म सञ्चालन गरेको निःशुल्क कानुनी सहायता कार्यक्रमबाट एक लाखभन्दा बढी नागरिक लाभान्वित भएको उनले जानकारी दिइन् । त्यस्तै, काठमाडौंलाई उज्यालो र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत अँध्यारा स्थानमा बत्ती जडान गर्ने योजना अघि बढाइएको उनले बताइन् । प्राविधिक कारणले यसपटक तिहारअघि टेन्डर प्रक्रिया पूरा हुन नसके पनि उक्त प्रयास जारी रहने उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?
OthersJust now

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

यो सङ्क्रमणकालीन अवस्थाले इजरायलमा एक अनौठो राजनीतिक परिदृश्य सिर्जना गरेको छ, जहाँ बहालवाला प्रधानमन्त्रीसँग जनमत छैन, तर राज्यका सबैभन्दा शक्तिशाली संस्थाहरूको साँचो भने उनकै हातमा छ। ...

अनलाइन खबर
जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?
OthersJust now

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ। ...

अनलाइन खबर
जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल
OthersJust now

जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूले पुर्‍याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै उनले जलवायु जोखिममा रहेका मुलुकहरूले अब जलवायु कार्यका लागि थप ढिलाइ पर्खन नसक्ने स्पष्ट पारे । ...

अनलाइन खबर
हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग
OthersJust now

हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play