काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए। महाशाखाले बिहान ५ः४५ र ८ः४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन गर्ने गरेको छ। बुधबार काठमाडौँको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। एकै दिनमा तापक्रम २.२ डिग्रीले घटेपछि उपत्यकामा चिसो थप बढेको छ। बुधबार काठमाडौँका विभिन्न स्थानमा वर्षासमेत भएको थियो। मौसमविद् ढकालका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहलमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। १० मिलिमिटरभन्दा बढी वर्षालाई मध्यम वर्षा मानिन्छ। उपत्यकाका अन्य क्षेत्रमा भने हल्का वर्षा भएको थियो। महाशाखाका अनुसार बिहीबार काठमाडौँमा वर्षाको सम्भावना छैन। आजको मौसम सामान्यतया घमाइलो रहने भए पनि केही समय बादल लाग्न सक्ने मौसमविद् ढकालले बताए। हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्ने क्रम जारी रहेको छ।
वर्षापछि काठमाडौंको तापक्रम घट्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





.jpg)
