काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन् । पेटमा अचानक असह्य पीडा भएपछि उनलाई सोमबार ललितपुरको कुपण्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा भर्ना गरिएको हो । पेट दुखाइले असहज भएपछि गीतकार संघ नेपालका महासचिव टीका राई ‘शिव’ लगायतले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । अस्पतालमा परीक्षण गर्दा अधिकारीको मिर्गौलामा तीनवटा पत्थरी रहेको पाइएको थियो । गीतकार सुमन बैरागी पण्डितका अनुसार चिकित्सकको टोलीले सोमबार साँझ नै अधिकारीको शल्यक्रिया गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले थुप्रै लोकप्रिय गीतमा संगीत दिएका छन् । उनी संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्षसमेत हुन् ।
वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना, मिर्गौलामा तीनवटा पत्थरी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






