Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

लोकतन्त्र फिर्ता गरिछाड्ने एमालेको सङ्कल्प, भ्रष्ट र विचलित नेता–कार्यकर्ताप्रति निर्मम हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
लोकतन्त्र फिर्ता गरिछाड्ने एमालेको सङ्कल्प, भ्रष्ट र विचलित नेता–कार्यकर्ताप्रति निर्मम हुने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेकपा (एमाले)ले असंवैधानिक ढङ्गले अपहरण गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने सङ्कल्प गरेको छ । पार्टीको दुईदिने राष्ट्रिय भेलाले राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिनसमेत तयार रहने निर्णय गरेको हो । गत वर्ष व्यहोर्नुपरेको राजनीतिक धक्काबाट उठ्दै आगामी निर्वाचनमार्फत सत्य स्थापित गर्ने प्रतिबद्धता पनि भेलाले व्यक्त गरेको छ । पार्टीका कमीकमजोरी सच्याउँदै अघि बढ्ने तथा नेता–कार्यकर्तामा देखिएका आर्थिक र आचरणगत विचलन, विकृति र भ्रष्टाचारविरुद्ध निर्मम हुनेसहित १७ वटा विशेष सङ्कल्प एमालेले गरेको छ । राष्ट्रिय भेलाले गरेका १७ विशेष सङ्कल्प १. असंवैधानिक ढङ्गले अपहरण गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने तथा राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन सधैँ तयार रहने । २. सिङ्गो पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्ने । ३. गत वर्ष व्यहोर्नुपरेको धक्कालाई चिर्दै पुनः उठ्ने, आन्दोलनको पुनरुत्थान गर्ने र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अघि बढ्ने । एउटा लडाइँमा पराजित भए पनि सिङ्गो युद्ध नहारेको भन्दै आगामी निर्वाचनमार्फत यसलाई प्रमाणित गर्ने । ४. पार्टीले गरेका ऐतिहासिक कामप्रति गर्व गर्दै कमीकमजोरी बिना मोलाहिजा सच्याउने र सकारात्मक सोच, नयाँ गति तथा उच्च मनोबलका साथ अघि बढ्ने । ५. जनताको बीचमा गएर उहाँहरूका सुझाव, गुनासा र आलोचना सुन्ने तथा तिनलाई आत्मसात् गर्ने । ६. युवा पुस्तासँग संवाद गर्ने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने, सहकार्य गर्ने तथा आन्दोलनमा उनीहरूको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्ने । ७. जिम्मेवारी लिँदा खाएको शपथप्रति प्रतिबद्ध रहने, नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने तथा संविधान, कानुन, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने । ८. पार्टी पङ्क्तिमा देखिएका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकता अन्त्य गर्दै जनताको सेवकका रूपमा स्थापित हुने । ९. नेता–कार्यकर्तामा देखिएका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टाचारप्रति निर्मम हुँदै त्यस्ता प्रवृत्तिमा संलग्नलाई हटाउने र पार्टीको छविलाई स्वच्छ, जनसेवी तथा भरोसायोग्य बनाउने । १०. निर्वाचनमा निर्धारित विधि तथा जनता र कार्यकर्ताको भावनाअनुरूप स्वस्थ ढङ्गले उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने र पार्टीको निर्णय आत्मसात् गर्दै उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने । ११. महँगी, अभाव, विस्थापन, बेरोजगारी, विभेद, बसाइँसराइ, निःशुल्क तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका विषयमा अग्रमोर्चामा रहेर आवाज उठाउने, समाधानका लागि पहल गर्ने र सुख–दुःखमा जनताको साथमा रहने । १२. अधिवेशन र बैठकमा स्वस्थ बहस गर्ने, सहमति निर्माणको प्रयास गर्ने तथा लोकतान्त्रिक विधिबाट भएका निर्णयलाई हार्दिकतापूर्वक सम्मान गर्ने । १३. गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्ने तथा आफूलाई लागेका कुरा सम्बन्धित कमिटीमा निर्धक्क राख्ने । सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्ने । १४. असहमतिलाई सम्मान गर्दै असमझदारी र अस्वस्थता हटाउने तथा सबै नेता–कार्यकर्तालाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गरी पार्टीको ऊर्जा एकजुट बनाउने । १५. आफ्नो जिम्मेवारी गम्भीरता, इमानदारी र पूर्ण क्षमताका साथ पूरा गर्ने तथा काम र कार्यक्षेत्रको परिणामप्रति जवाफदेही हुने । अरूतिर औँला तेर्स्याएर आफ्नो दायित्वबाट नपन्छिने । १६. महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकप्रतिको अवहेलना, अन्धविश्वास, कुरीति तथा राज्य र सामुदायिक स्रोतको दुरुपयोगविरुद्ध उभिने । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्ने । १७. पार्टीको शक्तिको स्रोत जनविश्वास, नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास तथा सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित रहेको विश्वास गर्दै अघि बढ्ने । राजनीतिको आदर्श जनताको सेवा र पार्टीको भविष्य आन्तरिक तथा सामाजिक रूपान्तरणमा खेल्ने भूमिकामा निर्भर रहने निष्कर्षसहित सोही आधारमा अघि बढ्ने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी
Latest NewsJust now

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एडभाइजरी) जारी... ...

रातोपाटी
तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै
Latest NewsJust now

तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ । ...

कान्तिपुर
आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम
Latest NewsJust now

आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका प... ...

गोरखापत्र
एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक
Latest NewsJust now

एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका डेविड मलानले अर्धशतक बनाएका छन् । मलानले ३८ बलको क्षतिमा ५२ रन बनाएका हुन् । आजको खेलमा विजेता टोलीले फाइनल खेल खेल्ने अवसर पाउने भएकाले आजको खेललाई महत्वपूर्ण मानिएको छ । ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play