Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान र उपचारलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड स्वीकृत गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको हो। नयाँ मापदण्डले उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। मापदण्डअनुसार समुद्री सतहबाट दुई हजार ५०० मिटर वा सोभन्दा बढी उचाइमा पुग्दा वायुमण्डलीय चाप कम भई शरीरमा अक्सिजनको उपलब्धता घट्छ। शरीरले उक्त वातावरणमा अनुकूलन गर्न नसक्दा लेक लाग्ने समस्या देखिन्छ। समयमै उपचार नभए फोक्सोमा पानी जम्ने र मस्तिष्क सुन्निनेजस्ता गम्भीर समस्या भई ज्यानसमेत जान सक्ने जोखिम हुन्छ। मन्त्रालयले स्वीकृत गरेको मापदण्डमा लेक लाग्न नदिन उचाइ क्रमशः बढाउने, शरीरलाई अनुकूलनका लागि पर्याप्त समय दिने, प्रशस्त झोल पदार्थ पिउने र लक्षण देखिए थप उचाइमा नजानेजस्ता उपाय समेटिएका छन्। त्यस्तै, समस्या देखिएका बिरामीलाई तत्काल कम उचाइमा झार्ने, आवश्यकताअनुसार अक्सिजन तथा हाइपरबेरिक चेम्बर (गामो ब्याग) प्रयोग गर्ने र उपयुक्त उपचारको व्यवस्था गर्ने प्रावधान राखिएको छ। मापदण्डले उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, गामो ब्याग, आकस्मिक उपचारका उपकरण तथा आवश्यक औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। यसैगरी, लेक लाग्ने समस्याको उपचार तथा व्यवस्थापनका लागि आवश्यक औषधि र उपकरणको सूचीसमेत मापदण्डमा समावेश गरिएको छ। मापदण्डले सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी पनि निर्धारण गरेको छ। सङ्घीय सरकारले नीति, मापदण्ड, जनशक्ति तथा बजेट व्यवस्थापन र अनुगमन गर्नेछ भने प्रदेश सरकारले स्वास्थ्यकर्मीको क्षमता विकास तथा प्राविधिक सहयोग गर्नेछ। स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक औषधि तथा सामग्रीको व्यवस्थापन र बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा पठाउने (प्रेषण) प्रणाली सुनिश्चित गर्नुपर्नेछ। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु
Latest NewsJust now

‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु

भारतीय फिल्म ‘रामायण’ ले उत्साहजनक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिनमै विश्वभर १२७.५० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। त्यस्तै, घरेलु बक्सअफिसमा फिल्मको नेट कलेक्सन ६४.८५ हुँदा ग्रस कलेक्सन ७७.५० करोड पुगेको छ। जसमा हिन्दी संस्करणतर्फको कमाइ ४७.५० करोड हो। त्यस्तै, कन्नडमा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलयालममा १.५० करोड रहे... ...

नेपालखबर
राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै
Latest NewsJust now

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए । ...

कान्तिपुर
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश
Latest NewsJust now

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए। ...

कान्तिपुर
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Latest NewsJust now

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

वासिङ्टन।मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन्। उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन्। ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play