काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सको सुरुआत अत्यन्तै खराब भएको छ। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ५ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा मात्र २८ रन जोड्न सकेको छ। जितका लागि लुम्बिनीलाई अब ९० बलमा १३३ रनको आवश्यकता छ। काठमाडौं गोर्खाजका बलरहरूले घातक बलिङ गर्दै लुम्बिनीको ब्याटिङ लाइनअप ध्वस्त पारेका छन्। जहानदाद खानले २ ओभरमा १३ रन दिएर ४ महत्वपूर्ण विकेट लिइसकेका छन् भने कप्तान करण केसीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारेका छन्। लुम्बिनीका लागि निरोशन डिकवेलाले १४ रन, डार्सी शोर्टले ४ रन, आसिफ शेखले १ रन र ग्रान्ट स्टुअर्टले ६ रन मात्र बनाउन सके। कप्तान रोहित पौडेल र दिलिप नाथ खाता नै नखोली शून्य रनमा आउट भए। हाल क्रिजमा सुन्दिप जोरा र रुबेन ट्रम्पेलम्यान रहेका छन्।
लुम्बिनी सङ्कटमा, २८ रन बनाउँदा गुमायो ६ विकेट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






