काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले सानदार सुरुआत गरेको छ। काठमाडौंका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्। एनपीएलमा वार्नरको यो पहिलो अर्धशतक हो। लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तीमा विना कुनै विकेटको क्षतिमा ९० रन बनाएको छ। क्रिजमा रहेका डेभिड वार्नरले ३४ बलमा ८ चौका र १ छक्काको मद्दतले ५३ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर साहिल पटेलले पनि उत्कृष्ट साथ दिँदै २६ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडेर अविजित रहेका छन्।
लुम्बिनी लायन्सविरुद्ध वार्नरको अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






