काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले सुरुआतमै ठूलो झट्का बेहोरेको छ। लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गर्दै कर्णालीको ब्याटिङ लाइनअपलाई पूर्ण रूपमा ध्वस्त पारेका छन्। कर्णालीले ६ ओभरको पावरप्ले समाप्त हुँदा ३० रन जाेड्दै आफ्ना महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको छ। इनिङ्सको पहिलो ओभरमै दिपेन्द्र रावत शून्य रनमा आउट भए भने अर्का ओपनर आरिफ इस्लाम ४ रन र विकेटकिपर दिपक डुम्रे पनि ४ रनमै पेभिलियन फर्किए। त्यस्तै, टोलीका कप्तान डेभिड मिलर पनि ५ रन बनाएर आउट भएपछि कर्णाली भारी दबाबमा परेको छ। हाल क्रिजमा पवन सर्राफ र सोमपाल कामी टिकेर खेललाई अगाडि बढाउने प्रयास गरिरहेका छन्। लुम्बिनी लायन्सका लागि बलिङतर्फ अभिशेष गौतमले २ ओभरमा ५ रन खर्चेर सर्वाधिक २ विकेट लिएका छन् भने किसोर महतो र शेर मल्लले समान १-१ विकेट हात पारेका छन्।
लुम्बिनीविरुद्ध पावरप्लेमै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






