Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने
Photo / Coverage: पर्दाफास

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ ।

विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियानले शान्ति स्थापनामा सहकारीको भूमिकालाई जोड दिने वर्षका रूपमा अघि सारेको छ ।

संयुक्त राष्ट्रसंघले समेत सन् २०२६ लाई अन्तर्राष्ट्रिय शान्ति वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा सहकारी क्षेत्रमार्फत विश्वव्यापी शान्तिको सन्देश प्रवाह गर्न सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अध्यक्ष पोखरेलले विश्व सहकारी अभियानका नेतृत्वकर्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियन्ता, सरकारी निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर सहकारीको योगदान र सम्भावनाबारे छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

उनले भने, ‘सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियानले शान्ति स्थापनामा सहकारीको महत्त्वपूर्ण भूमिकालाई जोड दिने वर्षका रूपमा अघि सारेको छ । यही सन्दर्भमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियन्ता, सरकारी निकाय र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर शान्ति स्थापना, सहकारीको योगदान र आर्थिक समृद्धिका विषयमा छलफल गरिनेछ ।’

सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए), आईसीए एसिया प्यासिफिकका नेतृत्वकर्तासहित विभिन्न मुलुकका सहकारी प्रतिनिधिहरूको सहभागिता रहने उनले बताए । केही देशले सहभागिताको पुष्टि गरिसकेको र अन्य मुलुकबाट पनि प्रतिनिधिहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

नेपालभित्र पनि सम्मेलनलाई व्यापक सहभागितामूलक बनाउन महासंघले तयारी गरिरहेको छ । महासंघका ३१८ सदस्य संघलाई निमन्त्रणा पठाइसकिएको छ भने देशभरका करिब ३२ हजार सहकारी संघसंस्था र तिनमा आबद्ध नेपाली जनता एक करोड नौ लाखलाई सम्मेलनमा सहभागी हुन आह्वान गरिएको पोखरेलले बताए । सम्मेलनमा ६ सयभन्दा बढी सहकारी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

उनले भने, ‘हामीले विश्व सहकारी सङ्गठनभित्र जोडिएका देशहरूलाई आमन्त्रण गरेका छौँ र त्यहाँबाट केही मुलुकहरूको कन्फर्मेसन भएको छ । तर सङ्गठनात्मक हिसाबले अन्तर्राष्ट्रिय सहकारी महासङ्घको उपस्थिति हुन्छ, अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एसिया प्यासिफिकको चाहिँ लिडरहरूको उपस्थिति हुन्छ । र अहिले केही देशहरूको प्रतिनिधिमूलक रूपले उहाँहरूले कन्फर्मेसन पनि पठाउनुभएको छ । नेपालभित्र पनि हाम्रा सङ्गठित, हामीसँग आबद्ध हुनुभएको राष्ट्रिय सहकारी महासङ्घका सेयर सदस्यहरू ३१८ वटा सङ्घहरूलाई हामीले पत्राचार गरेका छौँ र सिङ्गो सहकारी अभियानलाई नै करिब ३२ हजार सहकारी सङ्घसंस्थालाई र त्यसमा आबद्ध १ करोड ९ लाख नेपाली जनताहरूलाई नै आह्वान गरेको स्थिति छ । करिब ६ सयभन्दा बढी सहकारी अभियानका प्रतिनिधिहरूबीचमा यो कार्यक्रम सम्पन्न गर्ने तयारी गरिरहेका छौँ ।’

लुम्बिनी परिसरभित्र रहेको बृहत् सभाहलमा आयोजना हुने सम्मेलनमा लुम्बिनी प्रदेश सरकार सहआयोजकका रूपमा रहनेछ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा शान्ति निर्माण र सहकारी, आर्थिक समृद्धि, दिगो सहकारी विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दिगो विकासका विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।

सम्मेलनका क्रममा सहकारी अभियन्ताहरूबीच अनुभव तथा सीप आदानप्रदान, सहकारी संस्थाहरूको अन्तरभ्रमण र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रमसमेत राखिने अध्यक्ष पोखरेलले जानकारी दिए । देशका ७७ वटै जिल्लाबाट सहकारी प्रतिनिधिको सहभागिता गराउने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समृद्धि, दिगो सहकारी विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दिगो विकासका विषयमा विज्ञहरूबीच छलफल हुनेछ । यसका साथै सहकारी अभियन्ताहरूबीच अनुभव र सीप आदानप्रदान, सहकारी संस्थाहरूको अन्तरभ्रमण तथा लुम्बिनीका पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रम पनि राखेका छौँ । देशका ७७ वटै जिल्लाबाट सहकारी प्रतिनिधिको सहभागिता गराउने हाम्रो प्रयास छ ।’

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिका लागि तीन दिनको शुल्क ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । विदेशी सहभागीमध्ये सार्क राष्ट्रका प्रतिनिधिका लागि १०० अमेरिकी डलर र अन्य देशका प्रतिनिधिका लागि २५० अमेरिकी डलर शुल्क तोकिएको छ । सहभागीका लागि बिहानको खाजा र दिउँसोको खानाको व्यवस्था पनि गरिनेछ ।

शान्ति र समृद्धिको आधार बन्न सक्छ सहकारी

अध्यक्ष पोखरेलका अनुसार सहकारीको मूल भावना नै शान्ति, सहकार्य, सहयात्रा र सहयोग हो ।

उनले भने, ‘सहकारीले आर्थिक गतिविधि सञ्चालन गर्नुका साथै समाजमा आपसी विश्वास, एकता र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

उनले नेपालकै द्वन्द्वकालीन अवस्थालाई उदाहरण दिँदै राज्यको उपस्थिति कमजोर भएका र निजी क्षेत्र पुग्न हिच्किचाएका स्थानमा समेत सहकारीले स्थानीय नागरिकका आवश्यकता पूरा गर्न भूमिका खेलेको स्मरण गरे ।

रुवान्डामा भएको नरसंहारपछि आर्थिक तथा वित्तीय व्यवस्थापन र सामाजिक पुनर्निर्माणमा सहकारीको उपयोग गरिएको उदाहरण प्रस्तुत गर्दै उनले सहकारीले संकटबाट गुज्रिएका समुदायलाई पुनः संगठित गर्न सहयोग पु¥याउन सक्ने बताए ।

विश्वका विभिन्न मुलुकमा कृषि, औद्योगिक तथा वित्तीय क्षेत्रमा सहकारीले आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उनले नेपालमा पनि सहकारीलाई आर्थिक विकाससँगै सामाजिक सद्भाव र शान्ति स्थापनाको माध्यम बनाउनुपर्ने धारणा राखे ।

सहकारी क्षेत्रका समस्या समाधानमा साझा पहल आवश्यक

नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका वित्तीय अपचलन तथा अन्य समस्याले सहकारी अभियानभित्र विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता बढाएको पोखरेलको भनाइ छ ।

उनले सहकारी क्षेत्रका समस्या कुनै एउटा संस्था वा व्यक्तिको मात्र नभई समग्र अभियानसँग जोडिएका साझा समस्या भएको बताए । यस्ता समस्या समाधान गर्न राज्य, सहकारी अभियान र सहकारीकर्मीबीच सहकार्य आवश्यक रहेको उनको जोड छ ।

‘एक्लै सहकारी अभियानले पनि समस्या समाधान गर्न सक्दैन र राज्य एक्लैले पनि समाधान गर्न कठिन हुन्छ,’ उनले भने, ‘त्यसैले राज्य, सहकारी अभियान र सहकारीकर्मी मिलेर साझा समस्याका रूपमा लिएर समाधान गर्नुपर्छ ।’

अध्यक्ष पोखरेलले सम्मेलनमा सहभागी हुन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गर्दै महासंघले अनलाइन दर्ता खुला गरिसकेको जानकारी दिए । सहकारी क्षेत्रका समस्या समाधान, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र शान्ति तथा समृद्धिको साझा अभियान अघि बढाउन सम्मेलन महत्त्वपूर्ण अवसर बन्ने उनको विश्वास छ ।

लुम्बिनीमा आयोजना हुन लागेको यो सम्मेलनलाई नेपालले आफ्नो सहकारी अभियानको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा समेत उपयोग गर्न खोजेको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए
OthersJust now

च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए

काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मदतमा रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभी आइन्डहोभनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो । च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जित यात्रालाई कायम राख्दै लगातार ५ खेल जितेको छ । इभान… ...

अनलाइन खबर
देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?
OthersJust now

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको 'रेड नोटिस'मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन… ...

अनलाइन खबर
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
OthersJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १:०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन्। एक ...

पर्दाफास
न नागरिकता छ, न जन्मदर्ता, न रोजगारी : पहिचान खोज्दै भौँतारिदै तीन पुस्ता
OthersJust now

न नागरिकता छ, न जन्मदर्ता, न रोजगारी : पहिचान खोज्दै भौँतारिदै तीन पुस्ता

पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो । नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन् । उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement