हेग । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले म्यान्माले सन् २०१७ मा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गर्दै विस्थापित नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण बनाउन आदेश दिएको छ । अदालतका अध्यक्ष युजी इवासावाले बिहीबार १५ न्यायाधीशमध्ये नौ जनाको समर्थनमा फैसला सुनाउँदै म्यान्माले नरसंहारसम्बन्धी महासन्धिको उल्लङ्घन गरेको बताए । अदालतका अनुसार म्यान्माका सुरक्षा फौजले हजारौँ रोहिङ्ग्या नागरिकको हत्या, व्यापक यौन हिंसा र बालबालिकामाथि चरम हिंसा गरेका थिए । प्रमाणले करिब १० हजार रोहिङ्ग्याको हत्या भएको देखाएको अदालतले जनाएको छ । फैसलाले म्यान्मालाई नरसंहारमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । सन् २०१९ मा गाम्बियाले म्यानमाविरुद्ध मुद्दा दायर गरेको थियो । हाल बङ्गलादेशमा करिब १२ लाख रोहिङ्ग्या शरणार्थी रहेका छन् । अदालतको फैसला अन्तिम र कानुनी रूपमा बाध्यकारी छ । -एपी
रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






