Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो। संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन्। भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका डिभाइनसँगै नेपाली र्‍यापर साकारले पनि प्रस्तुति दिनेछन्। त्यस्तै, लोकप्रिय नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन्। नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत कार्यक्रममा विशेष स्थान दिइने आयोजकले जनाएको छ। रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई संगीतमा रुचि राख्ने युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई एकै ठाउँमा जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले यसपटक नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको हो। महोत्सवमा संगीतबाहेक स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबललगायतका गतिविधि पनि सञ्चालन हुनेछन्। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि सञ्चालन हुनेछन्। स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ, जसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्नेछन्। इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्नेछन्। त्यस्तै, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा विभिन्न सडक खेल तथा मनोरञ्जनात्मक चुनौतीहरू सञ्चालन गरिनेछन्। फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायतका खेलमा दर्शकले समेत सहभागी हुन पाउनेछन्। नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि कार्यक्रममा समेटिएको छ। लाखे नाच, भैरव तथा काली नृत्यका साथै ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले महोत्सवलाई थप विविधतापूर्ण बनाउनेछ। पाओलो नेपालले टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन र चार्म बनाउने कार्यशाला सञ्चालन गर्नेछ भने बाखन न्याने वाःले परम्परागत मुखौटा निर्माणसम्बन्धी कार्यशाला आयोजना गर्नेछ। सहभागीले फ्रेन्ज ट्याटु इनमार्फत ट्याटु तथा फेस पेन्टिङको अनुभव लिन सक्नेछन्। महोत्सवमा स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष फ्ली मार्केटसमेत रहनेछ। कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स र ओटाकु जात्राका उत्पादनका साथै रोयल इन्फिल्डका पोसाक तथा एसेसरिज त्यहाँ उपलब्ध हुनेछन्। खानाका पारखीका लागि पनि विभिन्न स्टल रहनेछन्। स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस–टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीले विभिन्न परिकार तथा पेय पदार्थ उपलब्ध गराउनेछन्। आयोजकका अनुसार हन्टरहुड काठमाडौं कुनै एउटा सांगीतिक कार्यक्रम मात्र नभई सहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने महोत्सव हुनेछ। कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ। टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । उनीहहरूबिच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको ...

टक्सार
नयाँ जातको मकै सिफारिस
Latest NewsJust now

नयाँ जातको मकै सिफारिस

चितवन – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ । खुला सिञ्चित जातका रूपमा रहेको मनकामना–८ जातको मकै सिफारिस गरिएको हो । सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् । कार्यक्रमका निमित्त प्रमुख भिमनाथ अधिकारीका अनुसार कार्यालयले यस वर्ष खुल्ला सिञ्चित जात […] ...

काठमाण्डुपाटी
वामपन्थी शक्तिहरूलाई मिलाउने कोसिस भइरहेको छ: माधव नेपाल
Latest NewsJust now

वामपन्थी शक्तिहरूलाई मिलाउने कोसिस भइरहेको छ: माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिलाई मिलाउनका लागि कोसिस भइरहेको बताएका छन्।  आईतबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले एकतामा जोड दिएका हुन्।  ‘मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रुपमा बलियो बना... ...

नेपालखबर
जीडब्लूएमका ओरा ५ र हाभल एच ७ लाई पाँचतारे सुरक्षा रेटिङ
Latest NewsJust now

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ लाई पाँचतारे सुरक्षा रेटिङ

सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement