Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्राडा विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारेमा विस्तृत जानकारी गराउनुभएको थियो । आनका अनुसार यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । साथै संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ । आन कार्यसमितिको कार्यादेशबमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पुर्‍याएको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नुहुने बताइएको छ । अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्णरूपमा अलग रहेकाले निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि आनले स्पष्प पारेको छ । इनर्जी ड्रिंक रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा इन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटफर्म इनमार्क कोइन एसोसिएसन विथ तथा जिएमडब्लु ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको आनका महासचिव कृष्णप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
Latest NewsJust now

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

म्याग्दी । चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ । गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब... ...

रातोपाटी
नारच्याङमा हावाहुरीको वितण्डा
Latest NewsJust now

नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठुलो क्षति पुर्‍याएको छ । हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत्... ...

रातोपाटी
आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर
Latest NewsJust now

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष... ...

रातोपाटी
रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित
Latest NewsJust now

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा । निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement