काठमाडौं । रेडियन्ट पब्लिक बोर्डिङ स्कुल, स्युचाटारको आयोजनामा १२औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (बुधबार)देखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा १२ र जुनियर ब्वाइज (यू-१२) मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । जुनियर विधा पहिलोपटक समावेश गरिएको हो । प्रिन्सिपल केसीले ग्रासरुट तहदेखि नै बास्केटबलको विकासमा सहयोग पुर्याउने उद्देश्यले पहिलोपटक जुनियर बास्केटबलको थालनी गरिएको बताउनुभयो । सिनियर ब्वाइजमा रेडियन्ट तथा सिनियर गर्ल्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख ५० हजार रुपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी दिनुभयो । मंसिर ११ गतेसम्म लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगिताका खेलहरू स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।
रेडियन्ट कप बास्केटबल आजदेखि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






