Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार रहेका जाभोरोत्नीले कार चलाइरहेका बेला शुक्रबार बिहान विस्फोट भएको हो। युक्रेनका पूर्वप्रधानमन्त्री अजारोभले रुसी टेलिभिजनलाई बताएअनुसार अस्पतालमा उनको अवस्था ‘निकै गम्भीर’ छ। सेन्ट पिटर्सबर्गमा रुसी कर्णेलको मृत्यु हुनेगरी भएको आक्रमणको भोलिपल्टै यो कार बम विस्फोट भएको हो। ७२ वर्षीय जाभोरोत्नीले किएभमा माइकोला अजारोभ प्रधानमन्त्री रहँदा सन् २०१४ सम्म प्रेस सहयोगीका रूपमा काम गरेका थिए। तर क्रेमलिन समर्थक युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्युत भएपछि अजारोभ किएभ छाडेर रुस भागेका थिए र उनले निर्वासनमा सरकार गठन गर्ने असफल प्रयास गरेका थिए। अजारोभले २०१४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएर युक्रेनबाट रुस फर्किंदासम्म जाभोरोत्नीले उनको सहयोगीका रूपमा काम गरेका थिए। रुसको अनुसन्धान समितिले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी कार चलाइरहेका बेला विस्फोट हुँदा उनी घाइते भएका छन्। उनी सहरको अस्पतालमा उपचाररत छन्।’ समितिले यस विषयमा अनुसन्धान अगाडि बढाइएको उल्लेख गरेको छ। रुसबाट प्राप्त रिपोर्टमा जाभोरोत्नीलाई देब्रे हात काटिएको, टाउकोमा चोट लागेको र करङ र दाहिने खुट्टा भाँचिएको दाबी गरिएको छ। रुसले यो कार बम विस्फोट क्रेमलिन समर्थक व्यक्ति-लक्षित आक्रमणकै शृंखला भएको बताएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play